क्वीटो- इक्वेडरमा एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
सो अवधिमा ३ सय ८३ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २ सय ९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ।
सबै दुर्घटनाहरु फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन्। ती चार दिन यहाँका रोमन क्याथोलिकहरुले मनाउने विशेष पर्व पर्दछ।
गतवर्ष यसै चाडका समयमा भएका दुर्घटनाको यो २७ प्रतिशत मात्र रहेको मन्त्रालयको वक्तव्यमा उल्लेख छ।
इक्वेडरमा अकालमा मृत्यु हुनेमध्ये सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या अत्याधिक रहेको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।