सुर्खेत- प्रदेश ६ को उपसभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्तीको एकल उम्मेदवारी परेको छ। वाम गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रकी घर्तीले उपसमामुखमा उम्मेदवारी दिएकी हुन्। उपसभामुखमा आज उम्मदवारी दर्ता गर्ने कार्यतालिका थियो। उपसभामुखको चयन शनिबार हुनेछ।
यसअघि नेकपा एमालेका राजबहादुर शाही प्रदेश ६ को सभामुखमा चयन भइसकेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार प्रदेश ६ को मुख्यमन्त्री र उपसभामुख माओवादीको पक्षमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।