• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सन्तुलित भोजन गर्नुस्, ठिक्क खानुस् 

64x64
नेपाल लाइभ मंगलबार, असोज २१, २०७६  ०७:३०
1140x725

आफू कति खान सक्छु भनेर थाहा पाउन जरुरी छ। सकेसम्म खाली पेटमा चिल्लो नखानुस्। सन्तुलित रुपमा खानुस्, चाडबाड त आउँछ-जान्छ।

हामी दैनिक जीवनमा जुन भोजन गरिरहेका हुन्छौं, चाडबाड आएपछि अलि फरक पर्न जान्छ। दसैँ वा अरु चाडबाड भनेपछि धेरै पकवान बनाउने, बढी खाने, मासु खाने, चिल्लो तथा गुलियो खाने गरिन्छ। हामी खानेकुरा त खान्छौँ तर समयमा खाँदैनौं।

कोही पूजा छ भनेर ढिलो खाइरहेका हुन्छन् भने कोही तास खेल्दा खानेकुराको पत्तो नै पाउँदैनन्। या तास खेल्दै बियर खाँदै गर्दछन्। त्यसैले दैनिक जीवनमा यसले प्रभावित पारिराखेको हुन्छ। निरोगी मानिसलाई त यसरी जीवनशैलीमा परिवर्तन आउँदा असर पर्छ भने रोगी मानिसलाई त प्रभावित नपार्ने कुरै भएन।

न खाना समयमा न त सुत्ने रुटिन समयमा। त्यसैले मानिसमा ग्यास्ट्रिकको समस्या देखापर्न थाल्छ। पेट गडबडी हुने हुन्छ। धेरैलाई एसिडिटीको समस्या हुने गरेको छ। चिल्लो पिरोले एसिडिटी हुन्छ। अगाडिदेखि नै पेटका समस्या भएका मानिसलाई झन् धेरै पिरोल्छ। खालीपेट बस्ने र समयमा नखानाले पनि एसिडिटी बढ्छ। सुरुका एक–दुई दिन त नहोला तर तेस्रो दिनदेखि पेट दुख्ने, बान्ता आउने हुन्छ। त्यसअलावा झाडापाखाला लाग्ने तथा पेटमा गडबडी आउन थाल्छ। फुड प्वाइजन हुन्छ।

मन्दिरमा जानुस् या अरु घरायसी काममा, समय बिताउँदा केही खानेकुरा खानुस्। खाली पेटमा नबस्नुस्। दूध अथवा फलफूल केही खानुस्। अरु बेलाको जस्तो सामान्य खानुस्। मासुमा चिल्लोपिरो नै बढी हाल्ने, फ्राइ नै खानुपर्छ भन्ने छै। त्यस्तो खान बन्द गर्नुस्, त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन।

पक्कै पनि यस बेला अरु समयमा भन्दा मासु बढी खाइन्छ होला तर पकाउँदा चिल्लो कम हाल्नुस् र राम्ररी पकाउनुस्। त्यस्तै खानेकुरा एकदिन आफ्नोमा खाने अर्कोदिन अर्को साथीकोमा खाने गर्दा मानिसले चाहिनेभन्दा बढी धेरै खाइरहेको हुन्छ। बढी खाँदा पेटले सहँदैन, त्यसपछि पेटको समस्याले समातिहाल्छ।

मान्छेमा दसैँ त हो नि आजलाई खाइदिउँ भन्ने मान्यता छ। साथीभाइहरुको इच्छामा पनि धेरै खाइदिने गर्दछन् मानिसहरु। कोहीले भर्खरभर्खर रक्सी छोडेको हुन्छ, दसैँ त होनी खाइदिउँ भनेर बढी मात्रामा सेवन गर्न पुग्दछन्।

छोडिसकेको मान्छेले पनि फेरि खान सुरु गर्छ। दसैँको बेलामा खान देउ भन्ने हुन्छ। घरपरिवारले पनि यतिबेला रोकतोक गरेको पाइँदैन। 

Ncell 2
Ncell 2

आममानिसले ड्रिंक्समा बियरले खासै नराम्रो गर्दैन भनेर सोच्छन् तर यथार्थ के हो भने सबैभन्दा खराब ड्रिंक्समा पर्छ बियर। एक गिलास बियरले पनि एसिडिटी बढाउने हुन्छ, अमिलो पानी आई छाती पोल्ने हुन्छ। अरु ड्रिंक्सको त कुरै नगरौँ। झन् यसबेला साथीभाइ जमघट भएपछि मासु र बियर बढी खाइरहेका हुन्छन्। आफूले कतिसम्म खान सक्छु भनेर नियन्त्रित भएर खान जरुरी छ।

उच्च रक्तचाप, कलेजो, मिर्गौलाका समस्या भएका मानिसहरुले धेरै नियन्त्रण गर्नुपर्ने हुन्छ खानेकुरामा। उनीहरुलाई चिल्लो र मासु काम गर्न भनिएको हुन्छ। तर चाडबाड त हो नि भनेर मज्जाले खाइदिने हुन्छन्। पेयपदार्थहरुले पनि राम्रो गर्दैन। यसले डकार ल्याउने र पेट ढुस्स बनाउने हुन्छ। खानेकुरा खाएपछि बरु सादा पानी तथा कागती पानी पिउनुपर्छ।

दसैँ–तिहारपछि कलेजोका बिरामी धेरै बढेर आइराखेका हुन्छन्। ठिक भइसकेका मान्छे पनि फेरि आइराखेका हुन्छन्। कतिपय त धेरै रक्सी सेवन गरेर रगत बान्ता गर्दै आइरहेका पनि हुन्छन्। 
हामी जे कुरा पनि सन्तुलन मिलाएर खान जान्दैनौं। स्वस्थ मानिसले पनि स्वस्थ छु भनेर बढी खानु हुँदैन। दिनभरी एकठाउँमा हलचल नगरी तास खेल्ने, मासु खाँदै बियर खाने गर्दा एक त व्यायाम हुँदैन त्यसमाथि निद्रा पनि पुग्दैन, यसले गर्दा अपच हुन्छ। त्यसपछि धेरैको पेटमा खराबी देखापरिहाल्छ।

हुन त पहिलाको भन्दा अहिले मानिसमा चेतना नआएको होइन। तर, अझै पनि हामीले राम्ररी खान जानेका छैनौं। पहिला मानिसले इच्छाले खान्थे तर अहिले देखाउनका लागि पनि खान्छन्। चाडबाडमा घरघरमा हरेक दिन कहिले यता खाने, कहिले उता खाने गर्नाले उसले चाहिने भन्दा बढी खाइरहेको हुन्छ। कसैले बोलाएको छ भने त्यहाँ जाँदा पनि आफूले ठिक्क मात्रामा खान सक्नुपर्छ।

आफू कति खान सक्छु भनेर थाहा पाउन जरुरी छ। सकेसम्म खाली पेटमा चिल्लो नखानुस्। सन्तुलित रुपमा खानुस्, चाडबाड त आउँछ–जान्छ। चाडबाडलाई खानेसँग मात्र जोड्नु भएन, मनोरञ्जनका कुरामा पनि जोड्न सकिन्छ। परिवारसँग सँगै बसेर खानुस्, घुम्न जानुस् यसले फ्रेस बनाउँछ। समयको सदुपयोग गर्नुस्। दसैँलाई उत्साहपूर्वक मनाउनुपर्छ।

मासुलाई धेरै दिनसम्म राखेर खानु राम्रो होइन। मासुलाई सुकाएर राख्ने चलन छ, त्यो स्वास्थ्यका हिसाबले राम्रो होइन। सुख्खा मासु राम्रो हुँदैन। पोलेको मासुले राम्रो गर्दैन भनिन्छ। हाम्रो चलनमा एकचोटी पकाएर राख्ने र पछिसम्म त्यसलाई तताएर खाने चलन छ ं। बरु एकचोटी काटेर राखेको मासु डिप फ्रिजमा राख्नुस्। जुन दिन पकाउनुहुन्छ, त्यही दिन निकालेर पकाएर खानुस्। एक चोटी निकालेको चिज फेरि त्यो बोसो पगालिसकेको खाद्यपदार्थ फेरि फ्रिजमा राख्नुहुँदैन, त्यो एकदम हानिकारक हुन्छ। बरु जति पकाउनु त्यति मात्र निकाल्नुस्।

हरेक चोटी तताउँदा त्यो तेलको महत्व घटिसकेको हुन्छ। हामीले किन बाहिरको खानाले पेट दुख्यो भन्छाँै ? किन क्याटरिनको खानाले पेट दुखाउँछ त ? एउटै तेलमा बारम्बार खाना पकाइएको हुन्छ। धेरै प्रयोग भइसकेको तेलले स्वास्थ्यलाई फाइदा गर्दैन। त्यस्तो तेलले पेट त खराब गर्छ नै, त्यसले क्यन्सर पनि गराउनसक्ने कतिपय अध्ययनमा आइसकेको छ। बाहिर राम्रो ठाउँमा त्यही एकचोटी पकाएको तेल प्रयोग गरिँदैन। 

गुलियो खाना पनि राम्रो होइन। विशेषगरी चाडबाडका बेला सुगरका बिरामीहरु सजग हुनुपर्छ। मुख बार्नुपर्ने हुन्छ।
के गर्ने ?
बढी नखाने, ठिक्क खाने
चिल्लो–पिरो नखाने
समयमा खाने
खाली पेट नबस्ने
मासु कम खाने
धेरै मिठाई नखाने
सरसफाइमा ध्यान दिने 
एउटै चिज धेरै तताएर नखाने
कुनै चिज सकेसम्म बढी नखाने 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्