• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  ११:१४
1140x725

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा भने हाम्रो स्वतन्त्रता पनि खोसेको छ। व्यक्तिगत गोप्यताको अधिकार मौलिक अधिकारमा पर्ने/नपर्नेबारे अदालतमा कतिपय मुद्दा समेत चलिरहेका छन्।

तर, अहिले विश्वमा यस्ता धेरै प्रविधि आइसकेका छन्, जसले हाम्रो गोप्यता समाप्त पारेका छन्। ती प्रविधिले हाम्रा हरेक क्षणका जानकारी राख्छन्। कतिपय मानिस त अझ प्रसन्नतापूर्वक व्यक्तिगत जानकारी ‘सेयर’ गर्छन्। 

अहिले विश्वका कतिपय कम्पनीले आफ्ना कर्मचारीका शरीरमा माइक्रोचिप जडान गर्न थालेका छन्। यस्ता चिप्सलाई ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिप’ (आरएफआइडी) भनिन्छ।

कर्मचारीको शरीरमा चिप जडान गरेपछि यसले कन्ट्याक्टरलेस (सम्पर्करहित) स्मार्ट कार्डको जस्तै गरी काम गर्न थाल्छ। अर्थात् फोनको उपयोगबिनै यसले सबै सूचना÷जानकारी अरुलाई पठाउन सक्छ। यसैगरी, आफ्नो कम्प्युटरमा भएको विस्तृत जानकारी कम्प्युटरको प्रयोग नगरी दिन सक्छ। 

आरएफआइडी चिप कर्मचारीको सहमतिपछि मात्र जडान गरिने भए पनि यसले कर्मचारीको ‘प्राइभेसी’ उल्लंघन सम्बन्धी अनेकौं प्रश्न उब्जाएको छ।

सूचना प्रविधि सम्बन्धी कम्पनी मोजिला कर्पोरेसनका कर्मचारी डेभ विलियम्सले स्वेच्छाले आफ्नो हातमा आरएफआइडी चिप जडान गरेका छन्। उनी आफ्नो स्मरणशक्ति अत्यन्त कमजोर भएको बताउँछन्। उनी आवश्यक टेलिफोन नम्बर र अन्य जानकारी सम्झिरहन सक्दिँन भन्छन्। तर, हातमा चिप जडान गरेपछि भने उनी आफ्नो जीवनयापन अत्यन्त सजिलो भएको बताउँछन्।

अहिले त विलियम्सले कसैलाई कुनै विस्तृत जानकारी÷सूचना दिनुपरे उनले फोन छुनासाथ सबै जानकारी तत्काल ‘डिस्प्याच’ भइहाल्छ। उत्सुकतावश हातको बुढीऔंला र चोरऔंलाबीच माइक्रो चिप राखेपछि विलियम्स आफूलाई वायरलेस स्मार्ट कार्डजस्तो भएको अनुभव गर्छन्।

अहिले यस्तो माइक्रोचिप प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ। चिप निर्माण गर्ने कम्पनी डेन्जरस थिङ्सले १० हजार चिप बिक्री गरिसकेको जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसै साता अमेरिकाको विस्कन्सिनको एउटा कम्पनीले आफ्ना सबै कर्मचारीको हातमा आरएफआइडी चिप जडान गर्ने घोषणा गरेको छ। थ्रि स्क्वायर मार्केट कम्पनीका अनुसार यो चिपको प्रयोगले काम गर्न सजिलो हुने मात्र नभएर उत्पादकत्व÷कार्य क्षमता समेत बढ्छ। कम्पनीका करिब ५० जना कर्मचारी चिप जडान गर्न सहमत भइसकेको बताइएको छ।

यो चिप प्रयोग गर्नेहरूलाई ‘बायो ह्याकर’ नाम राखिएको छ। यो चिपको प्रयोग सबैभन्दा पहिले सन् २००६ मा सिटी वाचर भिडियो सर्भेलिएन्स कम्पनीले गरेको थियो।

थ्रि स्क्वायर मार्केटका लागि चिप निर्माणकर्ता कम्पनी बायो ह्याक्स इन्टरनेसनलका अनुसार विश्वभर यो चिप प्रयोग गर्न दर्जनौं कम्पनी इच्छुक छन्।

रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिपको बढ्दो प्रयोगसँगै व्यक्तिगत स्वतन्त्रताको प्रश्न उठ्न थालेको छ। केही संघसंस्थाले यो चिपको प्रयोग कर्मचारीको ‘प्राइभेसी’विरुद्ध रहेको दाबी गरिरहेका छन्। किनभने कर्मचारी कहाँ जान्छ, के गर्छ लगायत सम्पूर्ण व्यक्तिगत जानकारी कम्पनीका मालिकले पाइरहेका हुन्छन्।

बेलायतको कोभेन्ट्री युनिभर्सिटीका प्रोफेसर केभिन वारबिकले पहिलो पटक सन् १९९८ मा आफ्नो शरीरमा आरएफआइडी चिप जडान गरेका थिए। प्रोफेसर वारबिकले चिपको सहायताले ढोका खोल्न, बत्ती बाल्न र निभाउन तथा दोहोरो कुराकानी गर्न सक्थे। ९ दिन प्रयोग गरेपछि उनले हातबाट चिप निकाले र अहिले त्यो चिप लन्डनस्थित साइन्स म्युजियममा राखिएको छ ।

उनका अनुसार यो चिप प्रयोगकर्ताबाट कुनै पनि संवेदनशील जानकारी/सूचना अत्यन्तै सजिलोसँग हासिल गर्न सकिन्छ।

प्रोफेसर केभिनका अनुसार यो प्रविधि नयाँ भने होइन। खासगरी हवाइ जहाजका मालसामान ओसारपसार (कार्गो) गर्दा हाम्रा पर्सका कार्डमा, मोबाइल फोनमा यस्ता चिपको प्रयोग हुने गरेको छ। 

कतिपयको विचारमा कुनै कर्मचारी राजीखुसीले आफ्नो शरीरमा चिप जडान गर्न चाहन्छ भने कुनै समस्या छैन। 

त्यसै पनि हामीले आरएफआइडी चिप जडान गरौं÷नगरौं, हाम्रा सबै व्यक्तिगत जानकारी÷सूचना एप्पल, गुगल, फेसबुक, ट्विटरजस्ता सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले लिएका र राखेका छन्। पोल्यान्डको एजिएच युनिभर्सिटी अफ साइन्सका प्रोफेसर पावेल रोटरका अनुसार व्यक्तिगत स्वतन्त्रता÷गोप्यताका लागि सबैभन्दा खतरनाक मोबाइल फोन हो। 

मोबाइल ह्याक गरेर तपाईंका सबै जानकारी लिन सकिन्छ। माइक्रो क्यामेरा र जिपिएसका माध्यमबाट हरहमेसा तपाईंको अनुगमन गर्न सकिन्छ। यसको तुलनामा आरएफआइडीबाट जानकारी÷सूचना चुहावटको जोखिम न्यून छ।

थ्रि स्क्वायर मार्केटलाई चिप आपूर्ति गर्ने कम्पनी बायो ह्याक्स इन्टरनेसनलले विश्वभर बहुराष्ट्रिय सहित करिब एक दर्जन जति कम्पनीले कर्मचारीमा माइक्रोचिप जडान गर्ने योजना बनाएको जनाएको छ।

माइक्रो चिप जडान

सामान्यतयाः माइक्रो चिप बुढीऔंला र चोरऔंलाको बीचतिर छालाभित्र राखिन्छ, ताकि ढोका खोल्नदेखि डाटा ट्रान्सफर गर्न सजिलो होस्। यसलाई कन्ट्याक्टलेस क्रेडिट कार्डजस्तै गरी प्रयोग गर्न मिल्छ। माइक्रो चिप पिल्स स्वरुपको चामलको गेडाजत्रो हुन्छ। चिपलाई ग्लास क्याप्सुलभित्र राखिएको हुन्छ। 

आरएफआइडी चिप जडान गर्न कठिन नभए पनि निकाल्दा भने अलि पीडा हुन सक्छ। चिप एकपल्ट शरीरमा जडान भइसकेपछि शरीरको एउटा अंगजस्तै हुन्छ।

थ्रि स्क्वायर मार्केट कम्पनीका अनुसार यस्तो चिपको मूल्य ३ सय अमेरिकी डलर पर्छ। चिपको उपयोग ढोका खोल्न, कम्प्युटर लग–इन गर्न, क्यान्टिनमा खानेकुरा किन्न लगायत काममा पनि गर्न सकिन्छ।

शरीरमा जडान गरिने यस्ता आरएफआइडी उपकरण विशेष खालका हुन्छन्। यस्ता चिपलाई विशेष खालको केसिङमा राख्नुपर्ने हुन्छ, ताकि यो जडान गरिएको ठाउँका टिस्युलाई हानी नपुगोस् वा कुनै साइड इफेक्ट नहोस्। साथै, रेडियो फ्रिक्वेन्सीले स्क्यानिङ गरी सक्रिय पार्न चिपको केसिङ पारदर्शी पनि हुनुपर्छ। अहिले केही आरएफआइडी चिप उत्पादक कम्पनीले बायोकम्प्याटिबल ग्लासको केसिङ प्रयोेग गर्न थालेका छन्।

माइक्रोचिप शरीरमा जडान गर्न केही समस्या पनि छन्। जस्तो कि छालामुनि चिप राख्दा यताउता सर्न सक्छ। साथै टिस्युमा हानी पुग्न सक्छ भने स्वास्थ्यमा प्रतिकूल असर पनि पर्न सक्छ। त्यसैले चिपको केसिङ विशेष पदार्थबाट निर्माण गर्नुपर्छ, जसले गर्दा चिप वरिपरि टिस्यु वृद्धि हुन र चिप यताउता सर्न नपाओस् साथै चिप अवरुद्ध पनि नहोस्। चिपले काम गर्न सहज होस् भन्नका लागि छालामुनि तर छालाको नजिक जडान गरिन्छ।

आरएफआइडी प्रविधि यसअघि नै प्रयोगमा आइसकेको छ। समुद्री कार्गो, हवाई यात्रुको मालसामान र डिपार्टमेन्टल स्टोरमा बेचिने वस्तुमा यसको उपयोग गरिसकिएको छ। त्यस्तै घरपालुवा जनावर र लोप हुन लागेका जंगली जनावरको ट्र्याकिङ गर्न पनि यसको प्रयोग हुने गरेको छ। अहिले चलनचल्तीमा आएका मोबाइलमा पनि यस्ता चिपको प्रयोग गरिएको हुन्छ। यात्रा कार्ड, लाइसेन्स, इ–पासपोर्टमा पनि यस्तै चिप प्रयोग गरिएको हुन्छ।

जम्माजम्मी १ किलोवाट डाटा मात्र अट्ने यस्ता माइक्रोचिप सुरक्षाका दृष्टिकोणले निकै कमजोर रहेको रिडिङ युनिभर्सिटीको स्कुल अफ सिस्टम्स इन्जिनियरिङका अनुसन्धानकर्ता मार्क ग्यासनले प्रमाणित गरे। 

सन् २००९ मा माइक्रोचिप देब्रे हातमा जडान गरेका ग्यासनले एक वर्षपछि नै हटाए र कम्प्युटर भाइरसले असर पार्ने÷नपार्ने परीक्षण गरे। परीक्षणबाट अनलाइन हुँदा चिपमा नेटबाट भाइरस सरेको पाइयो।

हाम्रो गोजीमा हुने प्रविधि शरीरमा जडान हुनु कुनै ठूलो उपलब्धि नभएको पहिलो पटक चिप जडान गरेका प्रोफेसर वारविकको ठहर छ। ‘मुख्य कुरा चिप जडान गर्ने÷नगर्ने व्यक्तिको निर्णय हुनुपर्छ,’ उनले सावधान गरे, ‘रोजगारदाता कम्पनीले चिप जडान गरे मात्र काममा राख्छु भन्न थाले भने नैतिकताको सवाल उत्पन्न हुन्छ ।’ 

यो प्रविधिको फाइदा र बेफाइदा दुवै छन्। किनभने जब आफ्नो शरीर र आफ्नाबारे जानकारी समेत आफ्नो नियन्त्रणमा नहुँदा जोसुकैले पनि आफूलाई लाचार अनुभूत गर्न सक्छ। यसैले कुनै पनि प्रविधि प्रयोग गर्नुअघि निकै सोचविचार गर्नु आवश्यक छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्