काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरेका छन्।
'निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको छ', ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, 'अब चाँडै सरकारले पूर्णता पाउने विश्वास म यहाँहरुलाई दिलाउँछु।'
'सरकार प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसरहरु सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ', शुभकामना सन्देशमा भनिएको छ।
प्रधानमन्त्री ओलीले आफू राष्ट्र, राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
'सुखी नेपाली, समृद्ध नेपालको चाहनालाई पूरा गर्न सरकारले चालेका कदमहरुप्रति यहाँहरु सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु', प्रधानमन्त्रीले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।