कैलाली- कैलालीमा सेवाग्राहीबाट घुस लिदै गर्दा सशस्त्र प्रहरी सहायक हवलदार र जवान रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घुससहित दुवै जनालाई पक्राउ गरेको हो।
अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए।
उनीहरुलाई भजनी नगरपालिका-१ बाट पक्राउ गरिएको बस्नेतले बताए। दुवै जनाले भारतबाट आउने समान सहज रुपमा भित्र्याउन सहयोग गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएको उनले बताए। उनीहरुलाई आज दिउँसो साढे १२ बजेतीर पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।