काठमाडौं- धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज ११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।