काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणल हेट अफिल तानेको छ।
क्षेत्रीलाई कागजमा केन्द्रीय कार्यालयमा तानिएको प्राधिकरण महानिर्देशक राजना पोखरेलले जानकारी दिए।
क्षेत्रीको ठाउँमा विमानस्थल कार्यालय सिनियर उपप्रमुखसुरेश मान सिंहलाई निमित्ति दिएको उनले जानकारी दिए।
प्राधिकरण स्रोतका अनुसार उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको निर्देशनमा केन्द्रय कार्यालय तानिएको हो।
‘केही समय अगाडि नै क्षेत्रीलाई केन्द्रीय कार्यालय ताने निर्णय भएको थियो,’ स्रोतले भन्यो, ‘क्षेत्रीले पावरको भरमा त्यतिखेर पत्र बुझेका थिएनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।