भैरहवा- विषालु च्याउ खाँदा रुपन्देहीमा एकै घर परिवारका ९ जना बिरामी भएका छन्। घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन्।
बिरामी हुनेमा ७ वर्षीया बालिकादेखि ७३ वर्षीय वृद्धसम्म छन्।
सम्मरीमाई गाउँपालिका-६ का १८ वर्षीय सीमा यादव, ४० वर्षीय गिता यादव, ३३ वर्षीय मन्जु यादव, १० वर्षीय आशिष यादव, ५० वर्षीय चन्द्रमती यादव, १४ वर्षीय रोमा यादव, ७३ वर्षीय रामपूजन यादव, ४० वर्षीय इश्रावती यादव र ७ वर्षिय रोशनी यादव रहेका छन्।
बुधबार राती च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि राती १२ बजे अस्पतालको आकस्मिक कक्षमा आएका बिरामीहरुलाई भर्ना गरी उपचार भइरहेको भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले बताए।
उपचाररत विरामीहरुको अवस्था सामान्य बन्दै गएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।