काठमाडौं- नेपाल प्रेस युनियनले हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक अजयवाबु सिवाकोटी अज्ञात व्यक्तिले पछ्याउने र निगरानी बढाएको भन्दै आपत्ति जनाएका छन्।
निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई गरेको यौन दुर्व्यहारको आरोपको समाचार प्रकाशित भएसँगै शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको युनियनले जनाएको छ।
‘नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ,’ युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रेस युनियनका महासचिव समेत रहेका सिवाकोटीले असुरक्षा महसुश गरेको युनियनले जनाएको छ।
निगरानी गर्ने व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कारबाही गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।