• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

काश्मीरमा नेपालीहरू अप्ठ्यारोमा नपरुन् भन्नेमा सजग छौं : निलाम्बर आचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज १६, २०७६  १३:१२
1140x725

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले कार्यभार सम्हालेको सात महिना भयो। विगतमा कानुनमन्त्री समेत रहेका राजदूत आचार्य नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) का पनि सदस्य थिए। शालिन र नम्र स्वभावका आचार्य नेपाल-भारत सम्बन्ध सुधारमा सक्रिय छन्।

पछिल्लो समय काश्मिर मुद्दा बल्झिरहेको छ। त्यस्तै नेसनल रजिस्टर अफ सिटिजन्स अफ इन्डिया (एनआरसी) को विषयले नेपालीभाषी भारतीय चिन्तामा छन्। यिनै सेरोफेरोमा रहेर राजदूत निलाम्बर आचार्यसँग नेपाल लाइभका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः

तपाईं राजदूतका रुपमा भारत आइसकेपछि नेपाल-भारत सम्बन्ध सुधारका लागि भएका प्रयत्नहरु के-के हुन्? आफैंले आफ्नो कार्यकाल कसरी समीक्षा गर्नुहुन्छ?
नेपाल-भारत सम्बन्धमा सुधार भएका छन्। सम्बन्ध सुधारको म आफैं साक्षी छु। सबैभन्दा ठूलो घटना त एसियाको पहिलो अन्तर्देशीय क्रस बोर्डर पेट्रोलियम पाइपलाइन भनिएको मोतीहारी अमलेखगन्ज पाइपलाइनको उद्घाटन भएको छ। त्यो पनि समयभन्दा अगाबै निर्माण सम्पन्न भएको छ।

त्यस्तै अन्य केही काम भएका छन्। त्यसमा महत्त्वपूर्ण कुरा दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठक काठमाडौंमा सम्पन्न भएको छ। त्यसले महत्त्वपूर्ण निर्णय गरेको छ। बाँकी रहेका काम सम्पन्न गर्नेबारे छलफल भएको छ।

साथसाथै हामीले उच्च स्तरीय भ्रमणको पनि अपेक्षा गरेका छौं। व्यापार र सीमाको बारेमा पनि कुरा भइराखेका छन्। हाम्रा दुइ पक्षीय सम्बन्धहरु विकसित छन्। हिजोको ढिलासुस्तीलाई समाप्त पारेर समयमै काम सम्पन्न गर्ने दिशातिर काम भइराखेको छ। त्यस्तै, डुबानका समस्या समाधानबारे पनि काम भएको छ।

व्यापार घाटा ठूलो छ। कसरी कम गर्न सकिन्छ, त्यस बारेमा छलफल भएको छ। नेपालमा लगानी, उद्योगधन्दा बढाउनका लागि काम भएका छन्। नेपालले आउँदो वर्ष मनाउन लागेको भ्रमण वर्ष सन् २०२० का लागि भारतबाट पर्यटकहरु जाउन् भन्नेबारे काम भएका छन्। यो ७ महिनामा नेपाल भारत सम्बन्ध अघि बढेको छ। अझ अगाडि बढाउनुपर्छ।

दुवै देशका प्रधानमन्त्रीले केहीअघि सीमापार पेट्रोलियम पाइपलाइन उदघाटन गरे। भारतीय प्रधानमन्त्रीले त ‘उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता बढेको’ अभिव्यक्ति दिनुभयो। के साँच्चै नेपाल-भारत सम्बन्ध अहिले सुमधुर भएकै हो?
हेर्नुस्, उच्च राजनीतिक तहमा भेटघाट हुनु, कुराकानी हुनु र त्यो मोतीहारी अमलेखगन्जको पाइपलाइनको उद्घाटन दुई देशका प्रधानमन्त्रीले मिलेर गर्नु, त्यसमा अत्यन्त सौहार्द किसिमले सम्बोधन गर्नुले अत्यन्त निकटता बढाएको देखाउँछ।

भनेपछि नेपाल भारतको सम्बन्ध अहिले सुधारोन्मुख छ? सकारात्मक दिशातिर अघि बढ्दैछ?
सम्बन्ध विकास भइराखेको छ। सुधारोन्मुखको त कुरै भएन नि! सुधारोन्मुख त पहिले नै थियो। सम्बन्ध सुधार भइसकेर अघि बढिसकेको छ। नाकाबन्दीले हाम्रो सम्बन्धलाई केही अप्ठ्यारोमा, संकटमा पारे जस्तो भएको थियो। नाकाबन्दीपश्चात् सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता थियो। अब त्यो सम्बन्ध सुधार भएर आइसकेको छ। र, यसलाई अरु विकास गर्नुपर्ने स्थिति छ। अरु व्यापक र गहन बनाउनुपर्ने अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, नेपाल-भारतको प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवदेन बुझ्न ढिलाइ भइरहेको छ। प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इच्छा जाहेर नगरेको बताइन्छ। यसले त भन्ने गरिए जस्तो नेपाल-भारत सम्बन्ध समुधर छैन भन्ने त देखाउँछ नि?
त्यो प्रतिवेदन बुझाउने प्रकृया लम्बिन गयो। त्यो सही हो। त्यसले गर्दा मानिसले विभिन्न शंकाहरु गर्न थाले। त्यो सही हो। तर प्रतिवेदन बुझ्ने भन्ने छ। अहिले त म प्रबुद्ध समुहको सदस्यभन्दा पनि नेपाल सरकारको प्रतिनिधिसरह रहेको छु। 

भारतीय सुरक्षा पक्षले प्रतिवेदनप्रति असहमति जनाउँदै प्रधानमन्त्री मोदीलाई ‘ब्रिफिङ’ गरेपछि इपिजी बुझ्न भारत अनिच्छुक रहेको भनिन्छ। भारतीय सुरक्षा पक्ष यसबारे किन नकारात्मक रहेको होला? 
मलाई त्यस्तो लाग्दैन। किनभने, नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन सबैको सहमतिले गरेको हो। नेपाल तर्फका ४ र भारत तर्फका ४ जनाको टोलीले तयार पारेको हो। साझा प्रतिवेदनका रुपमा यसलाई बुझ्नुपर्छ। एउटैले एकतर्फी रुपमा बनाएको होइन। दुईतर्फी रुपमा सहमतिसाथ बनाइएको हो। भारतले प्रतिवेदन बुझ्नलाई समय लगायो, त्यसका पछाडि के कारण होलान्, त्यतातिर म जान चाहन्नँ। तर, यो प्रतिवेदन सहमतिको प्रतिवेदन हो। नेपालले मात्र तयार पारेको होइन। 

भारतीय सेनाका सम्मेलनहरुमा नेपालसँगको खुला सीमा सुरक्षा चुनौती रहेको र खुला सीमाको आतंकवादीले उपयोग गर्न सक्ने भन्दै विश्लेषण गरिन्छ। तर, इपिजी प्रतिवेदनमा सीमा नियमन गनुपर्ने सुझाव दिएकै कारण त्यो बुझ्न भारतले नचाहेको भन्ने चर्चा नेपालमा हुने गरेको छ। यो मामिलामा भारतको बुझाइ विरोधाभाषी लाग्दैन?
इपिजी प्रतिवेदनमा के छ कस्तो छ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि छलफल र बहस होला। प्रतिवेदन त नेपाल भारत सम्बन्धलाई बलियो बनाउन, राम्रो बनाउन, दुवै देशका जनताको हितमा, शान्ति, समृद्धिको हितमा आएको हो। ल्याएको हो। अहिले नै अन्दाज गरेर सबै कुरा भन्न मिलेन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंले यहा राजनीतिक भेटघाट गरिहनु भएको छ। नेपालप्रतिको धारणा कस्तो पाउनुभयो ? 
नेपालप्रतिको धारणा आत्मिय छ। मैत्रीपूर्ण छ। निकट रहेको छ। र, नेपालप्रति सम्बन्ध अझ विकसित र गाढा हुनुपर्छ। समय समयमा आउने अप्ठ्याराहरुले अरु झन् अप्ठ्यारा बढाउने काम नगरुन् भनेर होसियार हुनुपर्छ। यो असल सम्बन्धलाई अरु असल बनाउनतिर लाग्नुपर्छ भन्ने भाjना रहेको छ। सामान्य भाjनाहरुलाई हामीले हेर्नुपर्छ।

एकदुइवटा टिप्पणीहरुलाई त्यही नै सबै हो भन्ने आधारमा हेर्न मिल्दैन। नेपाल चीनतिर लाग्यो भन्ने कुराको आधारमा हेर्न मिल्दैन। नेपाल त स्वाधिन देश हो। सबैसित सम्बन्ध राख्छ। कहाँबाट नेपालको हितमा सहयोग बढाउँछ। भारतमा मैले जे जति भेटघाट गरें, त्यो भेटघाटबाट नेपाल भारत सम्बन्ध अगाडि बढोस्, नेपालप्रति मैत्री बढोस् नै भन्ने पाएको छु।

यहाँ बस्दा नेपाल चीनको पोल्टामा गइसक्यो भन्ने विचार विश्लेषण सुनिन्छ। त्यस्तो महसुस गर्नुभयो कि?
मैले भने नि, केही सेक्सनमा त्यस्तो आवाजहरु सुनिन्छ। तर समग्र भारतको त्यो भनाइ होइन। किनभने नेपाल एक स्वाधिन र विश्व समुदायको सदस्य हो।
चीन छिमेकी भएकाले सम्बन्ध बढाउनु, सहयोग बढाउनु, व्यापार बढाउनु स्वभाविक कुरा हो। त्यसकारण चीनसँगका सम्बन्ध चीनसँगैका र भारतसँगका सम्बन्धहरु भारतसँगैका हुन्। जुन देशसँग जे जति सम्भावनाहरु हुन्छ, त्यो नेपालको राष्ट्रिय हितमा उपयोग गर्ने हो। त्यो सम्भावनालाई साकार पार्ने हो। हामी कतैतिर ढल्किने होइन। नेपालको हिततिर ध्यान दिने हो। हित प्रवर्द्धन गर्ने हो।

कश्मीर प्रकरणमा तपाईंको धारणा के छ? भारतीय सेनामा गोर्खा सेना पनि भएकाले यो विषयलाई नेपालले कसरी हुर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ? 
नेपालीहरु छन्, त्यहाँ। नेपालीहरु अप्ठ्यारोमा नपरुन् भन्नेमा हामी सजग छौं। हामीले यहाँका अधिकारीहरुलाई पनि भनिराखेका छौं। त्यहाँ शान्ति होस्, स्थिति राम्रो होस्, तनाव नहोस्, कसैलाई अप्ठ्यारो स्थिति नहोस् भन्ने हाम्रो कामना छ। 

नेसनल रजिस्टर अफ सिटिजन्स अफ इन्डिया (एनआरसी) का कारण कति नेपाली भाषीहरु तनावमा छन्। आसाममा कति नेपालीहरुले दुःख पाइरहेका छन्। भोलि यो समस्या विस्तारित हुँदै गएर नेपाल पनि जोडिन आइपुग्ला। यो समस्या समाधान गर्न के पहल भइरहेको छ?
हामी हेरिरहेका छौं। अध्ययन गरिराखेका छौं। नेपालीहरुलाई यसले कुनै असर नगर्ला। आसामको जुन कुरा छ। विभिन्न विचारहरु आइरहेका छन्। नेपालीहरुलाई नकारात्मक असर नगर्ला। खुला सीमा रहेको र एकअर्को देशमा आवतजावत तथा बसोबास पनि खुला रहेको हुनाले अन्य अरु विदेशीसरह नेपालीलाई व्यवहार नहोला। यो मिल्ने कुरा पनि भएन। हाम्रा परम्परागत सम्बन्ध, सन्धिगत सम्बन्धहरु छन्।

यहाँको नेपाली समुदायसँग भेटघाट गर्ने, अन्तर्क्रिया गर्ने काम कत्तिको गर्नुहुन्छ?
भेट्छौं हामी। सरसल्लाह गर्छौं। त्यो प्रक्रिया अगाडि बढेकै छ।    

७ महिना भारत बस्दा नेपालीहरुका कस्ता खालका समस्या पाउनुभयो?    
नेपालीहरुका समस्या र केही चिन्ताहरु छन्। तिनलाई सम्बोधन गर्नुपर्छ। केही व्यवसायका चिन्ताहरु छन्। कति समस्या सिमानामा भोग्नुपर्छ। कतिपय आधारपत्रसँग जोडिएका समस्या छन्। भारतबाट नेपालमा फोन गर्दा बढी पैसा लाग्छ। यो पनि समस्या छ। हामी नेपाली समुदायसँग छलफल गरेर समाधान गर्छौं। 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्