जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले नीति कानूनले मात्र बालविवाह अन्त गर्न नसकिने बताएका छन्।
जनकपुरमा बुधबार आयोजित प्रदेश स्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति कानून बनाएर मात्र बाल विवाह अन्त नहुने धारणा व्यक्त गरे।
उनले भने, ‘नीति कानुन त धेरै पहिलादेखि नै छन्, तर बाल विवाह रोक्न सकिएको छैन, यसलाई रोक्न समाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनु पर्दछ।’
उनले छोरीलाई शिक्षित र सक्षम बनाउनुका साथै नीति तथा कानुन कार्यान्वयनको पक्षलाई मजबुत बनाउने पर्ने आवश्यकता औंल्याए।
प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन 'बेटी पढाउ बेटी बचाउ' कार्यक्रम संचालनमा ल्याएको उल्लेख गदै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भईसकेको बताए।
पछिल्लो एक वर्षमा प्रदेश भित्र भ्रुण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भई सकेको उनको भनाइ थियो।
प्याक नेपालका सुनिल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादवसहितका वक्ताहरुले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।