काठमाडौं- सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ।
१ सय ४१ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो।
हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुनेगरी यस वर्षबाट बनाउने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उनले कामको चाप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
मन्त्री बाँस्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।