• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'खानेपानी छैन, घरमा ट्वाइलेट बनाएर के काम?'

64x64
नेपाल लाइभ सोमबार, असोज १३, २०७६  १९:४८
1140x725

धनगढी- २०७५ साल बैशाख ३० गते कैलाली जिल्लालाई भव्य कार्यक्रमका बिच खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो। १ लाख ४३ हजार ७ सय ९५ घरधुरी रहेको जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो। 

तर कैलालीको घोडाघोडी नगरपालिका-८ जरही शिविरमा बसोबास गर्दै आएका प्रेमबहादुर कसेराले चर्पी बनाएका छैनन्। उनले भने –‘साझ बिहानको खाना लाउन त समस्या छ। कहाँबाट चर्पी बनाउने?’ उनले शौचालय बनाउने इच्छा हुँदा पनि आर्थिक अभावका कारण समस्या भएको भन्दै गुनासो गर्दै ‘कसैले बनाई दिएको भए हुन्थ्यो आफूसँग पैसा नै छैन।’ 

घन्टौंसम्म हिँडेर पानि खानुपर्ने बाध्यता रहेको सोही ठाउँमा बसोबास गर्ने अर्का चन्द्र बहादुर नेपालीले बताए। ‘चर्पी त बनाउन सकिन्थ्यो होला तर उचित खानेपानी छैन, बनाएर पनि के काम,’ उनले प्रश्न गरे, ‘अलिकति हुने खानेले बनाएका चर्पी पनि प्रयोग विहीन छन्। चर्पी बनाएका पनि नजिककै जंगल खोला किनारमा दिसापिसाब गर्छन्।’ 

घोडाघोडी नगरपालिका-८ को आमफाटा, डुडाबापरीलगायत धेरै टोल बस्तीमा अझै चर्पी छैन। करिब तीन सय घरधुरी रहेको सो वस्तीमा ८८ जनाको घरमा शौचालय नरहेको वडा कार्यालयले जनाएको छ।

‘जरहीको कटान टोल शिविरमा बसोबास गर्ने मानिसहरूले चर्पी नबनाउनुको कारण मुख्य समस्या गरिब र चर्पी बनाउनु पर्छ भन्ने जन चेनताको कमी हो,’ शिक्षक टेकेन्द्र बहादुर विकले भने, ‘यस ठाउँका मानिस रोजगारीको लागि बढी जसो भारत जाने गरेका छन्।’ 

खानेपानीको निकै समस्या भएको भन्दै वडा नम्बर ८ जरहीको कटान टोल शिबिरमा डिप बोरिङ हालेको छ। 

अनुगमन छैन 
जिल्लालाई खुल्ला दिशामुक्त गरिएपछि कति घरमा शौचालय निर्माण भए कतिले प्रयोग गरिरहेका छन भन्ने बारे भने अनुगमन गरिएको छैन।

देश संघीयतामा प्रवेश गर्नु अघि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खानेपानी, सरसफाई तथा स्वच्छताका कार्यक्रमलाई अघि बढाइरहेको थियो। अहिले तीन तहको सरकार गठन भएपछि खासै सरसफाई तथा स्वच्छतामा जोड दिएको देखिएन।

Ncell 2
Ncell 2
nimb
nimb

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्टले भने, ‘धनगढी उपमहानगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिसकेपछि शौचालय प्रयोग, निर्माण लगायतको अवस्थाका बारेमा अनुगमन भएको छैन।’ उनले धनगढी उपमहानगरपालिकाको कुल घरधुरीको ९७ प्रतिशतमा शौचालय निर्माण भइसकेपछि नगरलाई खुल्ला दिसामुक्त घोषणा गरिएको बताए। 

‘घोषणाका समयमा वडा नम्बर ७, १, १२ का केही वस्तीमा संयूक्त शौचालय प्रयोगमा थिए,’ उनले भने, ‘अहिले ती बस्ती शौचालय निर्माण भए की भएन भन्ने बारे अनुगमन भएको छैन।’ उनले अहिले सबै अधिकार वडामा भएकाले चर्पीको प्रयोग बढाउनमा वडा कार्यालयले जोड दिनुपर्ने बताए।

संघमा खानेपानी मन्त्रालयले हेर्दै आएको सरसफाई तथा स्वच्छताको कार्यक्रमलाई प्रदेशमा कसले सञ्चालन गर्ने भन्ने अन्यौल रहेको छ।

भौतिक पूर्वाधार मन्त्रालयले निर्माणका कामहरु मात्र हेर्ने भन्दै सरसफाई कार्यक्रम सामाजिक विकास मन्त्रालयको भन्दै तथ्यांक छैन। प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सरसफाईको पाटोको जिम्मा भएको तर, शौचालय निर्माणको कार्यक्रम आफु"हरुमा नभएको भन्दै पन्छिएको छ।

Xtrem

Xtrem

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले नौ वटा जिल्लालाई लक्षित गरी चार वटा खानेपानी डिभिजन कार्यालय स्थापना गरिएको छ। 

कैलाली र कञ्चनपुरलाई हेर्ने गरी स्थापना गरिएको खानेपानी डिभिजन कार्यालय कैलालीले भने कैलालीमा आर्थिक वर्ष ०७३/७४ मा एक लाख ५१ हजार एक सय ७८ घरधुरीमा शौचालय निर्माण भएकोमा आर्थिक वर्ष २०७४/७५ मा चार हजार आठ सय आठ घरमा शौचालय निर्माण भएको थियो। कार्यालयले २०७५ साल बैशाख ३० गते जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो।

कार्यालयका प्रमुख मोहनबहादुर कुँवरले भने, ‘आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा के कति शौचालय निर्माण भए त्यसको लगत छैन। गत वर्ष सरसफाई तथा स्वच्छतासम्बन्धी कार्यक्रम थिएन। त्यसैले खानेपानीका कार्यक्रममात्र यस कार्यालयबाट सञ्चालन भए।’

शौचालय छ, पानी छैन
दुई कोठा भएको शौचालय। पानीको व्यवस्था छैन। एक कोठामा बाल्टिन भरेर पानी र प्यान सफा गर्न ब्रस राखिएको छ, अर्को कोठामा छैन । सेतो प्यानमा कालो र पहेलो दागले शौचालयको प्रयोग गर्न पनि अप्ठ्यारो देखिन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिरमा रहेको सार्वजनिक शौचालयमा पानी अभावका कारण शौचालय दुर्गन्ध बन्दै गएको छ । पानीको पहुँच नहुँदा मन्दिरमात्र होइन। बस्तीका अधिकांस शौचालयमा पनि सरसफाईको अवस्था दयनीय रहेको पाइन्छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्कमा रहेको पुरानो सार्वजनिक शौचालयको अवस्था यो भन्दा झन दयनीय थियो। पानीको अभावका कारण सो शौचालय मानिसले प्रयोग गर्दैनन्।

कैलालीमा सरसफाईको अन्तर अझै कायम रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रतिवेदनले देखाएको छ। जिल्लाका एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो। तर, जिल्ला अझै पूर्ण सरसफाईको पहु“च भने पुग्न सकेको छैन।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहेपनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेको देखाएको छ।

कैलालीको तराई क्षेत्रभन्दा पानीको पहुँच पहाडी क्षेत्रमा चुनौती रहेको छ। कार्यालयका अनुसार खानेपानीको पहुँच ९७ प्रतिशत रहेपनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको छ। 

उपमहानगरपालिकामा पाँच शौचालय
कैलालीको एकदमै व्यस्त नाका त्रिनगर भन्सार नाका। नाकामा आवतजावत गर्ने मानिसलाई दिसा पिसाव लागे नजिकको होटल वा प्रहरी कार्यालय पुग्नुपर्ने अवस्था रहेको छ। धनगढी उपमहानगरपालिका र संघ/संस्थाको आर्थिक सहयोगमा २०६९/७० सालमा निर्माण भएको नाकाको सार्वजनिक शौचालय अहिले बन्द अवस्थामा रहेको छ।

नाकाबाट झण्डै दुई किलोमिटर पैदल यात्रा गर्दा मानिसले सार्वजनिक शौचालय पाउँदैनन्। २०७२/७३ सम्म आन्तरिक राजश्व कार्यालयको छेउमै उपमहानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालनमा रहेको थियो । मोहनापुल-अत्तरिया छ लेन सडक आयोजनाका कारण सो शौचालय भत्काइएको थियो। 

नाकादेखि मानिसले दिसापिसाब गर्नु परेमा सार्वजनिक शौचालयको प्रयोग धनगढी बसपार्कभित्र पुगेपछि मात्र गर्न पाउँछन्। धनगढी बसपार्कमा अहिले दुई वटा सार्वजनिक शौचालय निर्माण भएका छन्। पुरानो शौचालयलाई होटल तथा अन्य पसलका कारण आम सर्वसाधारणले भेटाउन सक्ने अवस्था छैन। 

धनगढी उपमहानगरपालिकाका अनुसार धनगढीभित्र अहिले पाँच वटा सार्वजनिक शौचालय रहेका छन्। तर, सरसफाई तथा व्यवस्थापनमा भने समस्या रहेको उपमहानगरपालिकाले जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीमा एउटा मात्रै २ कोठे सार्वजनिक शौचालय छ तर दुबै ढोकामा ताला लगाइएको छ। ताला लगाईएसँगै हाल उक्त शौचालय प्रयोगविहीन जस्तै बनेको छ। दरख सुखड खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०७३ सालमा उक्त शौचालय निर्माण गरेको थियो।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्