सुनसरी- नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक राजन कार्कीले सार्वजनिक गाडीमा भेटेको पैसा सम्बन्धित व्यक्तिलाई बुझाएका छन्। विराटनगरबाट दुहबी आउने क्रममा सार्वजनिक बसमा फेला परेको ८० हजार नगदसहित कागजात सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका हुन्।
धरानबाट विराटनगर विमानस्थल जाने क्रममा राजकुमार बी अग्रवालले आफ्नो पर्स गाडीमै छाडेका थिए। सो गाडी विराटनगर पुगेर धरान फर्कने क्रममा कार्कीले गाडीभित्र भुइँमा पर्स देखेपछि उठाएर सम्बन्धित मानिसको खोजी गरेका थिए।
उनले काजगात हेरेर नम्बर पत्ता लगाएपछि गाडीबाटै फोन गरे । इलाका प्रहरी कार्यलय दुहवीमा कार्यरत कार्कीले कार्यलयमै आउन भनेपछि अग्रवालले कार्यलय पुगेर आफ्नो रकमसहित कागजात बुझेका हुन्।
पर्सभित्र रहेको ८० हजार नगद, लाइसेन्स, नागरिकता, मतदाता परिचयपत्र र ४ वटा बैंकका एटीएम कार्डसहित कार्कीले अग्रवाललाई हस्तान्तर गरेका थिए।
'प्लेन छुट्ने हतारोमा रहेकाले पैसा र सामान फिर्ता पाउने कुनै आस थिएन,' अग्रवालले भने, 'धन्न उहाँले भेट्टाएर मलाई जिम्मा दिनुभयो। धेरै खुसी छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।