काठमाडौं- ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ।
ट्राफिक प्रहरीले आइतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बस चालकलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो।
चालकलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकलाई हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गरिएको स्पष्ट पारे।
सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको बताएको छ।
.jpg)
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे।
ट्राफिक प्रहरीले दसैंको पहिलो दिन आइतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म संचालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।