भरतपुर- जङ्गली हात्तीको आक्रमणबाट चतवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो।
मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।