चितवन- भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि चितवनबाट काठमाडौंमा लगिएको छ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्था गम्भीर भएको भन्दै उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो।
शनिबार दिउँसो ‘नेपालका लागि नेपाली’ नामक कार्यक्रममा सहभागी हुन चितवनको चौबिसकोठी पुगेका शाहीमाथि नेकपा कार्यकर्ताले कुटपीट गरेको आरोप लागेको छ।
कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका शाहीलाई माइक्रोभित्रै कुटपिट गरिएको थियो। बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर ग्लोबल होटल पुगेका उनलाई पछ्याउँदै नेकपाका कार्यकर्ता होटलमै पुगेर बस भित्रै शाहीलाई आक्रमण गरेको बताइएको छ।
तत्कालै चितवन मेडिकल कलेज लगिएका उनको सिटी स्क्यान गरिएको थियो।
उनको टाउको र हातमा चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।