• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुक्त हलिया, कमैया र सुकुम्बासीको नाममा यसरी हुन्छ लुट

64x64
नेपाल लाइभ शनिबार, असोज ११, २०७६  १२:२५
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा छुटमा परेका मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्यांक संकलन गर्ने नाममा एक गैरसरकारी संस्थाले लाखौं रकम संकलन गरेको पाइएको छ।

छुट हलिया मुक्त केन्द्रीय समिति कञ्चनपुरले छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीबाट विभिन्न बहाना बनाई घरजग्गा दिने आश्वासनमा प्रतिव्यक्ति २ हजार ३ सय ५० रुपैयाँ शुल्क असुलेको प्रमाण भेटिएका छन्।  

संस्थाको विधानमा कञ्चनपुर जिल्लामा मात्र कार्यक्षेत्र रहने भने प्रस्ट उल्लेख भए पनि विधानविपरीत अन्य जिल्लामा शाखा कार्यालय खोलेर काम भइरहेको हो। उक्त संस्थाले डडेल्धुरा लगायतका जिल्लामा पनि शाखा खोलेको छ। 

संस्थाले अहिले पहाडी ७ जिल्लाका १२ सयभन्दा बढी जनाको तथ्यांक संकलन गरेको हलिया मुक्ति जिल्ला समितिका केन्द्रीय सचिव कृष्ण विकले जानकारी गराए। उनका अनुसार कञ्चनपुरमा मात्र कार्यक्षेत्र हुनेगरी दर्ता भएको संस्थाले ९ जिल्लामा काम गर्ने विधान बनाइसकेको छ भने कार्यक्षेत्रका सबै स्थानीय तथा जिल्ला प्रशासनहरुलाई पत्र पठाएको छ। उनले भने, ‘हाम्रो संस्थाको पुरानो विधानमा त्यो थियो, अहिले हामीले आवश्यकता अनुसार परिवर्तन गरेका हौं। रकम तिर्न नसक्नेको पनि नामावली संकलन गरिएको हो।’ 

पहाडी जिल्ला डोटी, बैतडी, अछाम, बाजुरा, बैतडी दार्चुलाका गरी १२  सय ४० जनाभन्दा बढीको नाम संकलन गरिसकेको सचिव विकको भनाइ छ। जसअनुसार प्रतिव्यक्ति २ हजार ३ सय ५० का दरले जम्मा २९ लाख १४ हजार असुल भएको देखिन्छ। 

उनीहरुले वास्तविक छुट हलिया, कमैया तथा सुकुम्बासीको तथ्यांक संकलन गर्नुभन्दा पनि पैसा भएकाको मात्र नाम संकलन गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराका अध्यक्ष सुन्दर जैरुले बताए। उनले भने, ‘जुन घरमा शाखा कार्यालय भनेर राखेको छ। त्यो घरको मालिकलाई छुट मुक्त लिस्टमा राखिएको छ। त्यो घरबेटी कसरी मुक्त हलिया, सुकुम्बारीको नाममा पर्‍यो?’

संस्थाले सहयोग २ सय, समूह बचत ५ सय, संस्थाको सदस्यता शुल्क १ हजार, फाराम शुल्क तथा अन्य शीर्षक गरी एक व्यक्तिबाट २ हजार ३ सय ५० असुल्ने गरेको हलिया मुक्ति समाज डडेल्धुरामा निर्वतमान अध्यक्ष तुलाराम सार्कीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

रातदिन काम गरेर बिहानबेलुकी हातमुख जोड्ने मुक्त हलियासँग २ हजारभन्दा बढी रकम नभएपछि तथ्यांकबाट छुट्ने डर रहेको हलिया मुक्ति समाजका निवर्तमान अध्यक्ष सार्की बताउँछन्। ‘छुट मुक्त हलियाको तथ्यांक संकलन गर्नु राम्रो पक्ष हो तर यस्तो लुट मच्चाएर फेरि पनि बलिया र पैसावालको नाम संकलन भइरहेको छ,’ उनले भने, ‘हिजो चौतारीमा बसेर मुक्त हलियाको तथ्यांक संकलन भयो, कैयौं छुटे। आज पैसा हुनेवालाहरु लिस्टमा चढेका छन्। गरिबहरु छुट्दै जानेछन्।'

यस्तो गतिविधि रोक्न भन्दै जिल्ला हलिया मुक्ति समाजले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई कारबाहीका लागि पत्रसमेत लेखेको थियो। उक्त पत्रमा छुट हलिया मुक्ति केन्द्रीय समिति कञ्चनपुरका नामबाट डडेल्धुरा जिल्लामा छुट हलिया मुक्ति जिल्ला समिति शाखा कार्यालय खोलेर मुक्त हलियाहरुको आधिकारिक संस्था जिल्ला हलिया मुक्ति समाज डडेल्धुरासँग कुनै समन्वय नभएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालबाट समेत अनुमति नलिई छुट मुक्त हलियाहरुबाट रकम असुली गरिएको भन्दै उक्त संस्थालाई कारबाहीको माग गरिएको छ।

Xtrem

Xtrem

के भन्छ मन्त्रालय? 
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले सो संस्थासँग भएको तथ्यांक पेस गर्न मात्र पत्र दिएको तर तथ्यांक संकलन गरेर दिनुस् नभनेको मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घ बिनाडीले प्रस्ट पारे। उनले भने, ‘हामीले त्यो संस्थालाई नयाँ तथ्यांक संकलन गर भनेर पत्र दिएको छैन। हामीसँग बजेट नै छैन त्यसका लागि। यो बदमासी हो।’

डडेल्धुरामा मुक्त हलिया २ हजारभन्दा बढी परिचयपत्रबाट नै वञ्चित रहेको तथ्यांक जिल्ला हलिया मुक्ति समाज डडेल्धुरासँग छ। 

जिल्ला हलिया मुक्ति समाजका निर्वतमान अध्यक्ष तुलाराम सार्कीको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई मन्त्रालयमै पुगी ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो। 

रकम फिर्ताको सहमति
मन्त्रालयको पत्रको फरक व्याख्या गरी रकम संकलन गर्ने छुट हलिया मुक्त केन्द्रीय समिति कञ्चनपुरले हाल तथ्यांक संकलन स्थगित गरेको छ। 

मन्त्रालयले तथ्यांक मात्रै उपलब्ध गराउन भने पनि पुन: तथ्यांक संकलन गरी जथाभावी रकम उठाइएको पाइएपछि स्थानीय प्रशासनले सो संस्थालाई तथ्यांक संकलनमा रोक लगाइसकेको छ।

चौतर्फी दबाबपछि उक्त संस्थाले रकम फिर्ता गर्ने पनि सहमति जनाएको छ। प्रशासनसँगको छलफलमा उक्त संस्थाका केन्द्रीय सचिव कृष्ण विकले उठाइएको रकम सात दिनभित्र फिर्ता गर्ने सहमति जनाएका हुन्।

'डडेल्धुरामा ५६ जनाको २ हजार ३ सय ५० का दरले रकम संकलन गरिएको थियो,' विकले भने, 'त्यो हामी फिर्ता गर्नेछौं।' 

डडेल्धुराबाट उठाइएको रकम फिर्ता गरेपछि अन्य जिल्लामा पनि फिर्ता हुने उनले बताए।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्