• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १०, २०८२ Sun, Feb 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीनलाई नै थिच्ने 'सी–पथ’ पछिका बाछिटा

64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०७६  २२:२०
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको एउटा होटलमा ‘सी विचारधारा’बारे प्रशिक्षण लिने कार्यक्रमको सुरुवात गर्नै आँटेका बेला अन्तर्राष्ट्रिय मामिलाका जानकार प्राध्यापक मृगेन्द्रबहादुर कार्कीले भनेका थिए- 'यसले चीनलाई नै खतरा पुर्‍याउँछ'।

‘सी चिनफिङवाद’ अंगाल्नेगरी नेकपा अघि बढे नेपाललाई मात्रै नभई स्वयम् चीनलाई नै खतरा पुग्ने त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशकसमेत रहेका कार्कीको विश्लेषण थियो।

नेकपाभन्दा बाहिरको शक्तिले त्यसलाई नेपाल भित्रै ‘काउन्टर’ गर्ने भएकाले त्यो स्वयम् चीनका लागि समेत फाइदाजनक नुहने उनको विश्लेषणको कोण थियो। ‘सी चिनफिङवाद नेपालमा आयो र नेकपाको लाइन सी चिनफिङवाद भयो भने चीनमा त यो खालको बहस हुँदैन,’ राजधानीकै अर्को होटेलको एक कार्यक्रममा कार्कीको भनाइ थियो, ‘तर, नेपालमा नेकपाभन्दा बाहिरका शक्तिहरुले त्यसलाई काउन्टर गर्न थाल्छन्, जुन चीनकै लागि खतरापूर्ण हुन्छ।’

नभन्दै कार्कीको पूर्वामानुमान यथार्थमा बदलिन थालेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओलाई आमन्त्रण गरेर ६ र ७ असोजमा नेकपाका नेताहरुले ‘सी–विचार’को प्रशिक्षण लिए। प्रशिक्षण किनभने दुवै पक्षले कार्यपत्र प्रस्तुत गर्ने भनिए पनि चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मात्रै कार्यपत्र प्रस्तुत भयो र त्यसमै छलफल भयो। दुई पार्टीबीचको ‘भाइचारा’ थप बलियो बनाउन ६ बुँदे सहमतिसमेत गरियो।

छलफल सकिएसँगै त्यसको ‘काउन्टर’मा प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्। सबैभन्दा ठूलो स्वरसहित प्रमुख विपक्षी कांग्रेसले त्यस्ता प्रतिक्रियाहरु जनाइरहेको छ।

चिनियाँप्रति प्रायः शान्त हुने नेपाली मत प्रकटकर्ताले आफ्ना राष्ट्रपतिको आसन्न नेपाल भ्रमणअघि रुखा प्रतिक्रिया व्यक्त गरेपछि प्रतिरक्षामा चिनियाँ राजदूत नै अघि सर्नुपरेको छ। चीन अध्ययन केन्द्र नेपालद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले अन्य मुलुकमा कहिल्यै विचार निर्यात नगर्ने बताएकी छन्।

‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ उनको भनाइ छ, ‘ हामीले पहिले पनि अन्य मुलुकमा आफ्नो विचार निर्यात गर्दैनथ्यौं, आगामी दिनमा पनि गर्दैनौं।’ आउँदा दिनमा पनि चीनले यसमा आफ्नो प्रतिरक्षा गर्दै बस्नुपर्ने हुनसक्छ।

Ncell 2
Ncell 2

ठ्याक्कै यही समयमा चीनको मुख्य प्रतिद्वन्द्वी अमेरिका पनि यहाँ सक्रिय भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शनिबारै सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र प्रमुख विपक्षी कांग्रेसका सभापतिसँग राजनीतिक भेटघाट गरे। दुवै नेतासँगको छलफलको विषय ‘समसामयिक राजनीति’ भनिए पनि यो सक्रिएता ‘इन्डो-प्यासेफिक स्ट्राटेजी’लाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ‘सी-पथ’माथिको छलफलको ‘बाइप्रडक्ट’ हो भन्ने सजिलै बुझन सकिन्छ।

यो त भयो नेपालमा सी विचारधारामाथि छलफल गरिएपछि उत्पन्न प्रतिक्रियाले चीन छोएको विषय। तर, यसले नेपालमा पार्ने घरेलु प्रभावहरु झन जटिल छन्।

भू-राजनीतिक सन्तुलन बिग्रने चिन्ता
एउटा छिमेकी देशको सत्तारुढ नेताले अघि सारेको विचारमाथि यहाँ सरकार चलाइरहेको प्रमुख दलले गर्ने छलफलको असर नेपाल जस्तो संवेदनशील भू-राजनीतिक अवस्थिति भएको देशलाई के हुन्छ? यही प्रश्नमा लुकेका छन्, कतै नेपालले अहिलेसम्म कायम गरिरहेको सन्तुलित परराष्ट्र नीति त खलबलिँदैन भन्ने आशंका।

अन्तर्राष्ट्रिय मामिलाका जानकार एवं राजनीति शास्त्रका प्राध्यापक श्रीधर खत्री त्यसमा शंका होइन खतरा नै देख्छन्। दुई विशाल शक्तिहरूसँग सीमा जोडिएको देशका नाताले नेपालले सावधानीपूर्वक कदम चाल्नुपर्ने, नत्र भू-राजनीतिक सन्तुलनमै असन्तुलन आउने उनको विश्लेषण छ। ‘बदलिँदो विश्व राजनीतिक परिवेश र आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्छ,’ खत्रीको सुझाव छ, ‘दुई विशाल शक्तिहरूसँग सीमा जोडिएको नाताले हामीले अरू देशहरू भन्दा फरक रूपमा व्यवहार गर्नुपर्छ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेकपा चिनियाँ कम्युनिष्टकै बाटोमा हिँड्न खोजे त्यसले नेपालको भू-राजनीतिक ल्यान्डस्केप पूरै परिवर्तन हुने देख्छन्। ‘साँच्चै नै नेपालका कम्युनिष्टहरु चिनियाँ कम्युनिष्ट पार्टीको बाटोमै हिँडेका हुन् भने यसले नेपालको भू-राजनीतिक ल्यान्डस्केप चाहिँ पूरै परिवर्तन गर्छ,’ आचार्य भन्छन्।

तत्काललाई नेकपाले सी विचारधारामाथि गरेको छलफलका असर नदेखिने तर चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सकिएपछि त्यो प्रकट हुने उनको दावी छ। ‘सी चिनपिङको भारत भ्रमण जाने कार्यक्रम देखिन्छ,’ उनी भन्छन्, ‘उनी भारत जाने क्रममा नेपाल आउन थालेका हुन्। तत्काललाई सी चिनपिङको भ्रमण भारत नहुन्जेलसम्म त्यसको ‘रियाक्सन’ अहिले केही पनि देखिदैन।’

तर, सी विचारधारामाथि गरिएको छलफलको संयोजन गर्ने नेकपाको स्कुल विभागका उपप्रमुख वेदुराम भुसाल त्यसलाई ठाडै इन्कार गर्छन्। छिमेकीसँग छलफल गरिनु नराम्रो नभएको भन्दै उनी नेपालको सन्तुलित परराष्ट्र नीतिमा कुनै बदलाव नआउने दावी गर्छन्।

‘हाम्रो परराष्ट्र नीति भनेको सन्तुलित परराष्ट्र नीति हो,’ भुसाल भन्छन्, ‘दुवै छिमेकीसँग सन्तुलित व्यवहार गर्ने, अन्य मित्रहरुसँग पनि राम्रो व्यवहार गर्ने र कतै ढल्केर व्यवहार नगर्ने भन्ने हाम्रो प्रष्ट सन्तुलित परराष्ट्र नीति छँदै छ। हामी त्योभन्दा बाहिर कतै जाँदै जाँदैनौं।’

‘कम्युनिष्ट ः सधैँ कन्फ्युज’
‘चिनियाँ राष्ट्रपति नेपाल आउने भनिएका बेला यस्तो कार्यक्रम किन गरियो होला?’

राजनीतिक विश्लेषक विष्णु सापकोटा जवाफमा यस्तोमा नेकपा स्वयं नै स्पष्ट नरहेको धारणा राख्छन्।

‘मलाई चाहिँ यो निकै रोचक र अनौठो लागेर धेरैले जस्तो मैले पनि यसबारे केही बुझ्न प्रयत्न गरेँ,’ सापकोटा भन्छन्, ‘सी चिनपिङ विचारधाराका बारेमा प्रशिक्षण गरौं भनेर पार्टीका सचिवालय स्तरका नेताहरु बीचमा पनि मज्जाले छलफल भएर भएको होइन रहेछ।’

यसमा राष्ट्रको हितभन्दा पनि व्यक्तिगत हित हेरेर कार्यक्रम गरिएको उनको मत छ। ‘उताबाट छलफल गरौं भने, यताबाट हुन्छ भने,’ उनको भनाइ छ, ‘चीनका राष्ट्रपतिसँग राम्रो सम्बन्ध हुने भयो र आफ्नो व्यक्तिगत प्रभाव बढ्ने भो भनेर गरे। तर, किन गरेको भन्ने अहिलेसम्म कसैले बताउन सकेका छैनन्।’

अर्का राजनीतिक विश्लेषक आचार्य नेपालको कम्युनिष्ट पार्टीको ‘स्ट्यान्ड’ मै ‘कन्फ्युजन’ भएको टिप्पणी गर्छन्। ‘नेपालमा कम्युनिष्ट पार्टीको अहिलेसम्मको अन्तर्राष्ट्रिय स्ट्यान्ड सधैँ कन्फ्युजनमा रहने गरेको छ,’ अचार्य भन्छन्, ‘अमेरिकी राजदूत उनीहरुको अफिस जाँदा त्यहाँबाट मार्क्स, लेलिनजस्ता नेताहरुको फोटो त्यहाँबाट हटाउँछन्। उनीहरुलाई आफ्नो अन्तर्राष्ट्रिय पोजिसन लिनलाई कठिन चाहिँ छ।’

तर, नेकपाका केन्द्रीय सदस्य सूर्य थापा स्थापना कालदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचाराको सम्बन्ध रहेको भन्दै यसलाई अन्यथा बुझ्न नुहने तर्क गर्छन्। ‘नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका बीचमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै भाइचाराको सम्बन्ध रहिआएको छ,’ थापा भन्छन्, ‘चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाने प्रतिनिधिमण्डलदेखि अहिले १९औं महाधिवेशनसम्मको लामो अवधि नेपाल कम्युनिस्ट पार्टीले नजिकबाट हेरिरहेको छ।’

'नेकपाले जवाफ दिइरहनुपर्ने'
विश्लेषकहरु अब नेकपाको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न उठिरहने र त्यसको जवाफ नेकपाले दिइराख्नुपर्ने अवस्था आउने आँकलन गर्छन्।

राजनीतिक विश्लेषक सापकोटा पूर्व नेकपा (एमाले)को लोकतान्त्रिक छवि भएको र नेकपा (माओवादी केन्द्र) पनि त्यसमा गइसकेको भन्दै त्यस्ता छलफलमा वुद्धि नपुर्‍याइएको बताउँछन्।

‘यो किन आयोजना गरेको हो भनेर नेकपाले अहिलेसम्म बताउन सकेको छैन,’ उनी भन्छन्, ‘विभिन्न नेताका विभिन्न विचार छन्। पार्टी प्रवक्ताले पटक-पटक प्रष्टीकरण दिइरहनु परेको छ।’

सी विचारधाराले लोकतन्त्र नमान्ने भन्दै उनी अब नेतृत्वलाई त्यसको जवाफ दिन गाह्रो भइरहेको बताउँछन्। ‘चीनको सी विचारधाराले लोकतन्त्र मान्दैन,’ सापकोटा भन्छन्, ‘त्यहाँबाट के सिक्न खोजिएको भनेर एक वाक्यमा भन्दा भन्ने कुरा केही पनि छैन। सी विचारधाराबाट पुँजीवादी मोडल सिक्नलाई हो कि राजनीतिक मोडल सिक्नलाई हो, कसैले भन्न सकेका छैनन्। अब कसरी त्यसको जवाफ दिने भनेर पार्टी नेतृत्व आफैं समस्यामा परिसक्यो।’

संविधानसँग र बुहलवादबारे नेकपाको अबको मान्यता के हो भनेर प्रश्न उठिरहे पनि नेकपाले लोकतन्त्रको बाटो छोड्न नसक्ने आचार्य बताउँछन्। ‘मलाई यी मुलधारका कम्युनिष्ट पार्टीहरु लोकतन्त्रको बाटो छोड्नसक्ने ठाउँमा छन् जस्तो लाग्दैन,’ उनको मत छ, ‘ छोड्न चाहेर पनि छोड्न सक्ने ठाउँमा छैनन्। किनभने धेरै दशकको यहाँको अनुभव छ। पहिले माले, एमालेले सकेनन्। अहिले माओवादीले सकेन। तर, यसको नेकपाले जवाफ दिइरहनुपर्छ।’

नेकपा नेता थापा भने आफूहरु लोकतान्त्रिक प्रक्रियाबाट विचलित नुहने बताउँछन्। भन्छन्, ‘चीन र नेपालका अनुभव फरक-फरक छन्। हामी स्थापनाकालदेखि नै नागरिक स्वतन्त्रताको आवाज बुलन्द गर्दै आएका छौं। राणातन्त्र, पञ्चायती, राजाको निरंकुशताविरुद्ध संघर्ष गरेर स्थापित गरेको पद्धतिलाई अझ विस्तार गर्ने हाम्रो बाटो हो।’

प्रतिक्रियात्मक कांग्रेस
चिनियाँ राष्ट्रपति सीको विचारधारामाथि नेकपाले छलफल गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस भने निकै प्रतिक्रियात्मक बनेको छ।

जागरण अभियानका लागि गाउँ-गाउँमा पुगेर काठमाडौं फर्किएका कांग्रेसका अधिकांश नेताहरु एकै स्वरमा नेकपाप्रति खनिएका छन्। चीतवन पुगेका कांग्रेस नेता बालकृष्ण खाँडले ८ असोजमा ‘चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने’ बताएका थिए।

‘संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन,’ उनले भनेका छन्, ‘ चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ, जसले लोकतन्त्रलाई कदापि स्वीकार्दैन।’

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले चीनको कम्युनिस्ट पार्टीसँग प्रशिक्षण लिइरहेका नेपालका कम्युनिस्टको मनसाय शंकास्पद रहेको आरोप लगाए।

त्यस्तै, कांग्रेस पूर्व महामन्त्री कृष्ण सिटौलाले चिनियाँ नेता ल्याएर नेकपाले आयोजना गरेको प्रशिक्षणलाई गम्भीरतापूर्वक नियालिरहेको बताए। ‘विदेशी ल्याएर तालिम दिइँदैछ, यो घटनालाई गम्भीरतापूर्वक लिएर हेर्दैछौं,’ ८ असोजकै कार्यक्रममा सिटौलाले भने, ‘नेपालमा यस्तो पहिलो घटना हुँदैछ। विदेशीलाई ल्याएर पार्टीमा प्रशिक्षण दिइँदैछ।’

कांग्रेसका नेता एनपी साउदले चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दाबी गरे। ‘नेपालको संविधान, कानुन विपरीतको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा कांग्रेसको गम्भीर आपत्ति र असहमति छ,’ उनी भन्छन्, ‘नेकपाले चीनबाट झिकाएर हामीलाई प्रशिक्षण दिनुहोस्, सत्ता कब्जा गर्न सिकाइदिनुहोस् भनेर प्रशिक्षण लिएको छ।’

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५ दिनभित्र जेन जेड घाइतेहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी
झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक विपरीत हो : सचिन तिमल्सिना
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
नेप्से परिसूचक आज २७ अङ्कले घट्यो आइतबार, फागुन १०, २०८२
टी–२० विश्वकप : टस हारेर श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड आइतबार, फागुन १०, २०८२
गौर साम्प्रदायिक विवादपछि शान्ति बहालीका लागि सर्वदलीय बैठक, सद्भाव र्‍याली गर्ने निर्णय आइतबार, फागुन १०, २०८२
प्रदेशबाट गरेका काम सुनाउँदै गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई भोट माग्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डे आइतबार, फागुन १०, २०८२
चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छ : ओली आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु शनिबार, फागुन ९, २०८२
रौतहटमा कर्फ्यु : ८:३० बजेपछि पुन कडाइ हुने आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्