काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज नवीन विश्वकर्मा जेल चलान भएका छन्।
गत फागनु १० गते नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोटमा संलग्न भएको आरोप लागेका विश्वकर्मालाई प्रहरीले भदौ ६ गते इमाडोलबाट पक्राउ गरेको थियो।
नख्खु बिस्फोटमा सिंहप्रसाद गुरुको ज्यान समेत गएको थियो। पक्राउ परेका विश्वकर्मालाई प्रहरीले कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो।
जिल्ला अदालत ललितपुरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।