काठमाडौं- सरकारले नेपाल प्रहरीको ३ अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ।
मन्त्रीपरिसदको भदौ ७ गतेको बैठकले एआइजी सरुवाको निर्णय गरेको हो। मन्त्री परिसदको उक्त निर्णय आज सार्वजनिक भएको छ।
सरुवा सूचि अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत रहेका एआइजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तगर्तको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। उनलाई योसँगै मानव स्रोत एंव प्रशासन विभाागको पनि जिम्मेवारी दिइएको छ।
त्यस्तै अपराध अनुसन्धान विभागमा रहेका अर्का एआइजी ठुले राईलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ।
आर्थिक अनियमिततामा मुछिएपछि काज भन्दै दरबन्दी नै नभएको ठाउँ राष्ट्रिय सुरक्षा परिसदको सचिवालय काज खाइएका एआइजी धिरु बस्नयातलाई भने यथावत राखिएको छ।
यसपटक एआइजी सरुवा गर्दा सरकारले आइजीलाई नै जानकारी नै नदिई सरुवा गरिएको स्रोतले जनाएको छ। सामान्यता एआइजी सरुवा गर्दा आइजीमार्फत गृह हुँदै आएको सरुवालाई अन्तिम रुप दिने काम मन्त्री परिसदले गथ्र्यो।
तर यस पटक भने त्यस्तो नभएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आइजी सर्वेन्द्र खनालसँग रुष्ट भएका कारण उनलाई जानकारी नै नदिई एआइजीको सरुवा गरिएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।