काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दरबारमार्गका विभिन्न पसलमा अनुगमन गरेको छ।
विभागको टोलीले बिहीबार १६ वटा विभिन्न ब्रान्डका शोरुम, लुगा तथा फेन्सी पसलमा अनुगमन गरेकोमा ३ वटा पसललाई कारबाही गरेको छ। विभागको टोलीले गरेको अनुगमनका क्रममा स्पोर्टस् प्लाजा प्रालिमा मूल्य सूची नराखेको, खरिद बिल नभेटिएको तथा बिक्री बिल जारी नगरेको भेटिएको छ। उक्त पसललाई विभागको टोलीले ७० हजार रुपैयाँ जरिवाना गरेको छ।
त्यसैगरी, बेन्टले कम्पनीको जुत्ता पसलमा बिलबिजक जारी नभएको तथा अनुगमन टोलीलाई असहयोग गरेको भन्दै विभागको टोलीले २० हजार रुपैयाँ गरेको छ। खरिद बिल जारी नगर्ने तथा अनुगमनमा असहयोग गर्न फेमस ब्रान्डको शोरुमलाई पनि विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ।
विभागका शाखा अधिकृत दीपकराज पोखरेलका अनुसार विभागले बिहीबार ५ वटा टोली उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनका लागि खटाएको थियो। ललितपुरका विभिन्न स्थानमा खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।