• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

३ सय वर्षअघि समुद्रमा डुबेको बहुमूल्य खजाना भएकाे पानीजहाज : किन गरिँदै छ विश्वभरिबाट दावी?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ६, २०७६  ०६:१५
1140x725

काठमाडौं– जुन ८ तारिख सन् १७०८ का दिन जब कोलम्बियाको कार्टाजेना समुद्र किनारामा स्पेनको सैन जोस गैलियन आगोले घेरियो, यो स्पेनको जहाज मध्यान्नदेखि ब्रिटिसका विरुद्ध युद्ध लडिरहेको थियो। तर रात हुँदै गर्दा ६२ तोपले भरिएको जहाज क्यारेवियन सागरमा बिलायो।

जहाजमा करिब ६०० मानिस सवार थिए। जहाजमा २० अर्ब डलर बराबरको मूल्य पर्ने सुन, चाँदी र बहुमूल्य गहनाहरु थिए। यी सबै समुद्रमा डुबे। वर्षौंसम्म सैन जोस गैलियनको समुद्रको पिँधमा बिलायो। २०१५ मा यो जहाजको रहस्य उजागर सुरु गरियो। कोलम्बियाली सरकारले नै आधिकारिक रुपमा यसको खोजी हुने घोषणा गरेको थियो। सरकारको खोजीपछि फेरि यो जहाज चर्चामा आयो। कोलम्बिया सरकारले उक्त जहाज समुद्रको ६०० मिटरमुनि फेला पनि पार्‍यो।

खजानामाथि दावेदारी सुरु
यसरी खोजी गरेको चार वर्षपछि उक्त जहाज समुद्रको ६०० मिटरमुनि नै रहेको छ। जहाजमा भएका धनको धेरै दावेदारी आएपछि कोलम्विया सरकारले त्यसलाई सोही स्थानमै रहन दिने निर्णय गर्‍यो। डुबेको गैलियनको जहाजको पुरानो सामनालाई ‘होली ग्रेल’ भनिन्छ। कोलम्बिया सरकारले यसको खोजी त गर्‍यो। तर यो जहाज कहाँबाट डुबेको थियो भन्ने केही खुलाउन चाहेन।

तर अनुमान भने सैन जोस कार्टाजेना भन्दा करिब ४० किलोमिटर पर रोजेरियो द्वीप समूहको छेउबाट यो डुबेको अन्दाज गरिँदै आएको छ। यो द्वीपमा उष्णकटियाबन्धीय जङ्गल रहेको छ, जो नेसनल पार्कको एक हिस्सा पनि हो।


कैंयौँ साना मोटरबोट दैनिक उक्त क्षेत्रमा जाने गर्दछन्। समुद्रको मुनिबाट हिँड्ने उनीहरुले कहिल्यै अर्बौंका खजाना भएको सैन जोसको जहाज डुबेको उनीहरुलाई कुनै कल्पना समेत थिएन।

यो खजाना भरिएको तर बेपत्ता भएको जहाजले सदियौंदेखि मानिसका लागि अचम्मित गर्दै आएको थियो। नोबेल पुरस्कार पाएका लेखेक गैब्रिएल गर्सिया मार्खेजले ‘लव इन दि टाइम अफ कोलेरा’मा गैलियन जहाजको बारेमा लेखेका थिए। यो उपन्यासको मुख्यपात्र फ्लोरेन्टिनो एरिजा समुद्रको पिँधमा जाने र सैन जोसको खजाना खोजेर ल्याउने योजना बनाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

बगोटाबाट आएको सैलानी बिबियाना रोजस मेजिया भन्छिन् ‘क्यारिबिया धेरै जादुमय छ।’ आफ्नो परिबारको साथमा इस्ला द्वीपको तटमा पूरा दिन बिताएको थियो। यो यहाँको धेरै ठूलो द्वीप थियो। यो जादुमय यथार्थ हाम्रो देशमा छ, तर हामीलाई थाहा छैन सैन जोस गैलियनमा कति खजाना छ, यो कुनै किम्वदन्ती पनि हुनसक्छ।’


सैन जोस गैलियन मई १७०८मा अन्तिम समयमा पनामाको पोर्ट सिटी पोर्टोबेलोमा चलेको देखिएको थियो। यो जहाजमा सुन, चाँदी, बहुमूल्य जावहरात भरिएको थियो। यो स्पेनको नियन्त्रण रहेको पेरुको गोदानबाट प्रस्थान गरेको थियो। अनुमान गरिएको छ कि, आजको मूल्यमा हेर्दा त्यसको मूल्य १० अर्व डलरदेखि २० अर्वका बीचमा हुनसक्छ। यो सम्पत्ति स्पेनका राजा फिलिप पञ्चमका लागि लगिँदै थियो। स्पेनको उत्तराधिकार लडाईंका लागि आश्रित क्षेत्रबाट संकलन भएका धनमा निर्भर थिए। उक्त खजना पनि उनीहरुले झिकाएका थिए।

ब्रिटेनसँगको लडाइँ
गैलियनको कप्तान जोस फर्नान्डेज डी सैंटिलनलाई यो पहिल्यै थाहा थियो कि खजानाले भरिएको यो जहाजमाथि व्रिटेनको जहाज कार्टाजोनमा आक्रमण हुने छ। उनको अनुमान अनुसार नै जहाजमाथि आक्रमण भयो। कार्टाजेनामा यो जहाज मर्मतका लागि केही समय रोकिएको थियो। त्यसपछि उसको अर्को गन्तब्य क्युवा थियो। क्युवा हुँदै यो खजानाको जहाज स्पेन पुग्ने लक्ष्यका साथ हिँडेको थियो।

Xtrem

Xtrem

कप्तानको यही योजना अनुसार जहाजले यात्रा सुरु गर्‍यो। जुन ८ को रातमा सैन जोस खजानका लागि युद्ध सुरु भयो।

कार्टाजेनाको  उपन्यास ‘म्युजियम अफ दि क्यारेवियन’को पात्र गोन्जालो जुनिगाको भनाइ हेर्ने हो भने त्यसमा भनिएको छ, पेस्तोल, तरबार र चक्कुको मद्दतले युद्ध गरेको र त्यसलाई कव्जा गर्ने असफल प्रयास गरेका थिए। उनले थप भनेका छन्– सैन जोस युद्धमा विजयी हुँदै थियो तर मलाई थाहा छैन, 'अन्तिम क्षणमा के भयो र उसको स्थिति के हो।’ यसमा धेरैथरीका आशंकाहरु गरिँदै आएको छ।  यो जहाज खाली हात स्पेन जानुभन्दा कप्तानले आफैं बारुदको आगोमा जहाजलाई लगेर नष्ट गराएको हुनसक्ने आशंका पनि उपन्यासमा गरिएको छ।

खजानाको खोज
२७ नोभेम्बर २०१५मा एक रोबोटिक जहाजले सैन जोसको आधिकारिक रुपमा खोजी गरेको थियो। यो पनडुब्बी अमेरिकाको बुड्स होल ओसियनोग्राफिक इन्स्टिच्युटको थियो। करिब ४ मिटर लम्वाई भएको स्वचालित पनडुब्बी समुन्द्रको तल पुगेको थियो। सैन जोसमा भएको डल्फिनको आकृतिलाई हेरेर त्यसबाट प्राप्त तस्बिरको आधारमा पत्ता लगाएका थिए।

कोलम्वियन इन्टिच्युट अफ एन्थ्रोपोलोजी एन्ड हिस्ट्रिका निर्देशक अर्नेस्टो मोन्टेनेग्रोले सैन जोस गैलियन औपनिवेशिक इतिहास सम्बन्धी सूचनाको अध्ययन केन्द्र हुन सक्ने बताए। यो अमेरिकी क्षेत्र स्पेनमा करिब ३०० वर्ष लामो उपनिवेशको युगको प्रतिनिधि भएको उनको दाबी  छ।  कोलम्विया तट नजिकै करिब  एक हजार जहाज डुबेको अनुमान गरिएको छ। उनीहरुको खोजी हुने पर्खाइमा रहेका छन्।


खजनामाथि कैंयौँ दावेदारी
स्पेनको गैलियनमाथि दावी गर्नेहरुको सूची पनि चाखलाग्दो नै देखिएको छ। बोलिभियाका कारा–कारा मुल निवासीले समेत यसमा दाबी गरेका छन्। सैन जोसमा भएको खजाना उनीहरुको जमिनबाट निकालेकाले उनीहरुको हक पहिलो हुने उनीहरुको दावी छ। उनीहरुका अनुसार उक्त जहाजमा भएको खजाना उनीहरुको जमिन जो कुनै समय पेरुको बाइसरोयल्टीको हिस्सा रहेको थियो।

सैन जोसलाई लिएर ४० वर्ष लामो मुद्दा पनि चल्यो। अमेरिकी कम्पनी सी सर्च अर्माडाको दावी थियो कि उसले १९८० को दशकमा सैन जोसको खोजी गरी पत्ता लगाएको थियो। त्यसैले त्यसमा प्राप्त हुने खजनाको आधा हिस्सा उसको भागमा हुनुपर्ने दावी थियो। उसले कोलोम्विया सरकारसँग यस सम्बन्धी सम्झौता भएको दावी पनि गरेको थियो। कोलम्वियाको सर्वोच्च अदालतले २००७ मा उसको उक्त दावीलाई सदर गर्दै पक्षमा फैसला समेत सुनाएको थियो।

तर २०१५मा कोलम्वियाका पूर्व राष्ट्रपति जुआन म्यानुएल सान्टोसले गैलियनको भेटिएपछि गरेको घोषणामा अमेरिकी कम्पनी सि सर्चकोलाई कुनै पनि श्रेय दिएनन्।

यही प्रकरणमा कोलम्वियाका उपराष्ट्रपति मार्टा लुसिया रामिरेजले पनि उक्त कम्पनीको विपक्षमा बयान दिएका थिए। ‘समुन्द्रमा खोजीपछि भेटिएको गैलियनमा अमेरिकी कम्पनी सी सर्च अर्माडको कुनै पनि अधिकार छैन’ उपराष्ट्रपति रामिरेजले भने ‘उनीहरुले जुन स्थानमा सैन जोस भएको दावी गरेका थिए उक्त क्षेत्रमा फेला परेको थिएन।’ यो मुद्दा अहिले पनि कोलम्वियाको सर्वोच्च अदालतमा विचाराधिन रहेको छ।

यो वर्ष कोलम्विया सरकारले सैन जोस गैलियनमा रहेको खजाना निकाल्नका लागि एक निजी कम्पनीको साथ करार सम्झौता गरेको थियो तर त्यसलाई बीचमै स्थगित गरियो। हालसम्म हेर्दा खोजीमा संलग्न म्यारीटाइम आर्कियोलोजी कन्सल्टेन्ट नै यसको एकमात्र दाबेदार रहेको छ। एक निजी कम्पनीसँगको साझेदारी गर्दै सैन जोसको सामग्री बाँडिने सम्भावना रहेको छ। म्यारीटाइमले उक्त खजानाबाट ४५ प्रतिशत हिस्सा पाउने करारमा उल्लेख छ। तर यसमा सांस्कृतिक धरोहरको रुपमा वर्गीकरण गर्न नपाइने उल्लेख छ। कोलम्विया सरकारले अहिलेसम्म यसको निर्धारण भने गरेको छैन।

सांस्कृतिक धरोहर के हो?
 यदि यसलाई वितरण गरेर समाप्त गरिएमा इतिहासकार, लेखक एवं सैन जोसका विशेषज्ञ फ्रान्सिस्को मुनोजका लागि यो सबैभन्दा खराब स्थिति हुने छ। ‘उक्त जहाजको वास्तविकताबारे जान्ने अधिकार मानिससँग छ’ उनले भने ‘कोलम्विया सरकारले यसका लागि योग्य संरक्षक बन्न आवश्यक रहेको छ।’ उनको भनाइको अर्थ के हो भने यो जहाज कार्टाजेनामा एक संग्राहालय निर्माण गरी गैलियनको खजाना पूर्ण रुपमा प्रदर्शनमा राखिनुपर्दछ।

‘यदि उक्त जहाज र खजना प्रर्दशनमा राखियो भने त्यसलाई देख्न नचाहाने को होला', मुनोज भन्छन्, ‘सैन जोस गैलियनको कथा सुनाएर यसलाई देखाउन सकेमा सबै अचम्मित र आश्चर्यमा पर्ने निश्चित छ।’

२०१८ मा पूर्व राष्ट्रपति सान्टोसले सामाजिक सञ्जाल ट्विटरमा यही विषयमा लेखेका थिए। ‘सैन जोस गैलियन राष्ट्रिय समुन्द्रमा डुबेको थियो, यसको खोज महान इतिहासकै खोज बराबर हो, त्यसैले जलमग्न सांस्कृतिक विरासत कानुनका साथ कोलम्वियाले यो पाउन सक्ने छ,’ उनले आफ्नो संस्कृति सर्वश्रेष्ठ विरासत भन्दै ट्विट गरेका थिए। विशेषज्ञका अनुसार यो परियोजनामा कुनै हतारो गर्न सकिँदैन। सामुद्रिक पुरातत्वविद् जुआन गुइलेर्मो मार्टिन भन्छन्, ‘जहाज ३०० वर्ष पहिले डुबेको भएकाले यसलाई संरक्षण गर्नुपर्ने अधिकारको ग्यारेन्टी पनि हुने छ।’


उनले कोलोम्वियामा यो स्थिति नभए आफूहरु तयार रहेको समेत बताए। उनले यो संरक्षण गर्नु कोलम्विया र मानव इतिहासकै ठूलो कुरा भएकाले यसको संरक्षण गर्ने सिद्धान्त पनि सोही देशको हुने बताए।

जबसम्म सैन जोस निकालिँदैन कार्टाजेनाका मानिसका लागि म्युजियन बनाउनु टाढाको कुरा हो। कोलम्वियासँग अहिलेसम्म बहुमूल्य उक्त जहाज आफ्नो सिमामा राख्न ग्यारेन्टी गर्ने कानुनी अधिकार भने देखिँदैन। अहिलेसम्म कार्टाजोन र रोजेरियो द्वीप समूहमा आउनेहरु समुद्रलाई देख्न सक्छन् र उसको पिँधमा सैन जोस स्थिर रहेको छ, उसले आफ्नो खजाना संरक्षण गरिरहरेको छ।

(बिबिसी हिन्दीमा प्रकाशित यस समाग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्