राजविराज- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित एक सार्वजनिक पोखरीमा डुबेका दुईमध्ये एक बालिकाको मृत्यु भएको छ।
वडा नं ६ को मधेपुरास्थित सार्वजनिक पोखरीमा डुबेर पञ्चदेव मण्डलकी छोरी ५ वर्षीया सरिताको मृत्यु भएको हो। सरितासँगै पोखरीमा डुबेकी छिमेकी दशरथ मण्डलकी ५ वर्षीया छोरी रुपालीको अवस्था चिन्ताजनक छ।
घर नजिकै खेलिरहेका दुवै बालिका घरबाट पश्चिमतर्फ करिब १ सय मिटरको दूरीमा रहेको पोखरी पुगेका थिए। सोमबार दिउँसो करिब साढे ३ बजे उनीहरु पोखरीमा डुबेको स्थानीयले जानकारी दिए।
छिमेकीहरुले दुवै बालिकालाई तत्कालै उद्दार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गराएका थिए। उपचारकै क्रममा सरिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
अर्की बालिकाको राजविराजमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै मोरङको विराटनगरस्थित विराट मेडिकल केलज एन्ड हस्पिटलमा उपचार भइरहेको एसपी प्रसाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।