काठमाडौं– वैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्षदेखि फरार विमला थापा पक्राउ परेकी छन्। बानेश्वरको थापागाउँबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ।
प्रतिवादी थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ लाख ५० हजार जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो।
थापा काठमाडौं महानगरपालिका १० मा बसोबास गर्दै आएकी थिइन्।
प्रहरीले पक्राउ गरी उनलाई सोमबार जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।