भरतपुर- भरतपुर महानगरपालिका-१, आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१, रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु२ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना४४प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।