सर्लाही- सर्लाहीको कविलासी नगरपालिका-८, अर्गवाबाट ५० बोरा अवैध गुट्खा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट शुक्रबार खटिएको टोलीले उक्त परिणाममा गुट्खा बरामद गरेको हो।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना२च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरिएको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो।
एपिएफ टोलीले गाडीलाई समेत नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।