राजविराज– विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाँदा सप्तरीस्थित कोसी पश्चिमी नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।
सिरहको सुखीपुर नगरपालिका–२ निवासी २२ वर्षीय मनिषकुमार यादवको डुबेर मृत्यु भएको हो। उनको शव विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चोक नजिकै फेला परेको प्रहरीले जनाएको छ। उनी राजविराजस्थित एक डेरी उद्योगमा कार्यरत थिए।
बिहीबार साँझ मूर्ति सेलाउन नहरमा पसेका यादब सोही क्रममा बेपत्ता भएका थिए। नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा शुक्रबार उनको शव फेला पारिएको राजविराजस्थित भीमदल गणले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।