जनकपुर- अब बिपी राजमार्गमा सवारी चलाउँदा सडक दस्तुर तिर्नुपर्ने भएको छ।
सडक बोर्ड नेपालले असोज १ गतेदेखि लागू हुनेगरी बिपी राजमार्गमा सडक दस्तुर उठाउने निर्णय गरेको हो।
अब धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मसिनरी) ले १२५ रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै हलुका सवारी साधन (कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ५० रुपैयाँ तिर्नुपर्नेछ। तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।
यस्तै खुर्कोट–सिन्धुली–बर्दिवास सडक खण्डमा भारी सवारी साधन ले ११५, हलुका सवारी साधनले ४५, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।
बिपी राजमार्गमा पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो। यसबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।