काठमाडौं– सँगै गएका साथी बीच बाटोमा एक्कासि बिरामी भएपछि खेतमै छाडेर २ जना घर फर्किएका छन् भने बिरामीको मृत्यु भएको छ। बिरामी साथीलाई अलपत्र पारेर छाडेर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटना ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोको हो। असोज १ गते साढे ११ बजे ठेचोकै ३३ वर्षीय राजु महर्जन, बलराम केसी र सुरोज परियार प्रदेश ३–०२००९ प ११०५ नम्बरको स्कुटर चढेर रक्सी खान भनेर नजिकैको खेतमा गएका थिए। सोही क्रममा ३५ वर्षीय केसी रक्सी खाँदै गर्दा साँझ साढे ७ बजे बेहोस भए।
साथी बेहोस भएपछि टाउकामा पानि छ्याप्दा पनि होस नभएको भन्दै महर्जजन र परियार बिरामी साथीलाई छाडेर आ–आफ्नो घर गएका थिए। बिरामी परियार हिजो बिहीबार बेहोस अवस्थामा खेतमा भेटिएपछि प्रहरीले उपचारका क्रममा पाटन अस्पताल पुर्याएको थियो। उनको उपचारकै क्रममा मृत्यु भयो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले महर्जन र परियारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।