काठमाडौं– वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवती पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२ का पद्मा जोशी छिन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असोज १ गते काठमाडौंबाट पक्राउ गरेका हो।
उनी लाजिम्पाटस्थित शिखर इन्टरनेसनल म्यानपावरमा विगत १२ वर्षदेखि काम गर्दै आएको बुझिएको छ। जोशीले कतार प्रहरीमा मासिक ६ हजार रियालमा काम लगाइदिन्छु भनेर टगी गरेको पाइएको छ।
शिखर म्यानपावरले वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाउने गरेको छ। उनले कतार प्रहरीमा जान ६ लाख १५ हजार लाग्छ भनेर आफ्नो नामको बैंक खातामा गरेर पटक पटक ६ लाख रुपैयाँ जम्मा गर्न लगाएकी थिइन्।
उनले सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको पाइएकाले पक्राउ गरिएको महाशाखाले जनाएको छ। तोकेभन्दा बढी रकम लिएरु ठगी गरेको भन्दै पीडितले उजुरी गरेपछि महाशाखाले उनलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।