काठमाडौं- संविधान दिवसका दिन सरकारी कर्मचारीहरुले कार्यालयमा नियमित गर्दै आएको हाजिरीका अतिरिक्त छुट्टै हाजिरी गर्नुपर्ने भएको छ।
गृह मन्त्रालयले असोज ३ गते संविधान दिवस मनाउन उपस्थित हुने सबै सरकारी कर्मचारीहरुको हाजिरी गरी मन्त्रालयमा पठाउन सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो। संविधान दिवस मनाउन आयोजना गरिएका प्रभातफेरी, कार्यालय सरसफाईजस्ता अनौपचारिक कार्यक्रमका अतिरिक्ति विभिन्न औपचारिक कार्यक्रममा सरकारी कर्मचारी सहभागी भए हाजिरी गर्नुपर्नेछ।
गृह मन्त्रालयको उक्त निर्देशनपछि सबै सरकारी कार्यालयका कर्मचारीहरुले नियमित हाजिरीका अतिरिक्त छुट्टै हाजिरी गर्नुपर्नेछ। मन्त्रालयले सरकारी कार्यालयहरुलाई निर्देशन दिएपछि सरकारी कार्यालयहरुले पनि कर्मचारीलाई छुट्टै हाजिरी गर्न सुचित गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।