• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३१, २०७६  ०७:२२
1140x725

-सिद्धराज भट्ट/रासस

धनगढी- डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण-पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन्। नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र अनुसन्धानकर्ताका लागि पहिलो रोजाइमा पर्ने गरेका हुन्।

जिल्लाका काँडा, कान्द्रा, पथरैया र मोहना नदीका दोभान क्षेत्र डल्फिन चरन क्षेत्रको रुपमा रहेका छन्। नेपालसहित विभिन्न देशका प्राणीशास्त्रमा अध्ययन गर्दै गरेका विद्यार्थीले यस क्षेत्रमा आएर डल्फिनको विषयमा सोध, खोज, अनुसन्धान गरी शोधपत्र लेखेको पाइएको डल्फिन संरक्षण केन्द्र कैलालीका विजयराज श्रेष्ठले बताए।

'यो क्षेत्र डल्फिनको प्राकृतिक बासस्थान पनि हो,' श्रेष्ठले भने, 'पानीको सतह बढेको वर्षायाममा भारतको घाँघरा नदी हुँदै कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनः घाँघरा नदीमै फर्किने गरेका प्रमाणित भइसकेको छ।'

उक्त क्षेत्रलाई डल्फिन अवलोकनको प्रमुख पर्यटन गन्तव्यका रुपमा चिनाउने प्रयास स्वरुप विसं २०६२ देखि विभिन्न सङ्घसंस्था र डल्फिन संरक्षण केन्द्रको संयुक्त प्रयासमा डल्फिन महोत्सवको आयोजना हुँदै आएको छ। डल्फिन अवलोकनका लागि यसअघि नै कतिपय ठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेकामा हाल अर्को स्तम्भ निर्माणधीन छ। डल्फिन संरक्षण केन्द्र र यस अन्तर्गतका इको क्लबका साथै विभिन्न विद्यालयमार्फत बेलाबखत चेतनामूलक विभिन्न गतिविधिसमेत गर्ने गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

डल्फिन संरक्षण, संवर्द्धन र प्रचारप्रसारसम्बन्धी गतिविधिको फलस्वरुप अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटक पनि वर्षेनी बढ्दै गएका पाइएको संरक्षणप्रेमी भोजराज ढुङ्गाना बताउँछन्। 'हालै स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, बेलायत, स्कटल्यान्डका गरी १६ विदेशीले यो क्षेत्रको भ्रमण गरेर फर्किएका छन्,' उनले भने, 'यसबाहेक भारत र नेपालका समेत गरी झण्डै एक हजार ५ सय पर्यटक घुमेर फर्किएका छन्।'

राज्यका तर्फबाट सो क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्दै पर्यापर्यटनको विकासका लागि पहल हुनुपर्नेमा स्थानीय बासिन्दाको जोड छ। संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि भइरहेका गतिविधिसँगै यो क्षेत्रलाई ‘टीकापुर सर्किट डल्फिन संरक्षण क्षेत्र’का रुपमा नेपाल सरकारको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ।  सन् २०२० लाई सरकारले नेपालमा भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा  कैलालीमा आयोजना हुने गरेको डल्फिन महोत्सवले नेपाल भ्रमण वर्षको लक्ष्यलाई पूरा गर्न मद्दत पुर्‍याउने स्थानीय कृष्ण धमला बताउँछन्।

स्थानीय युवाहरु घुम्न आउने पर्यटकहरुलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने, डल्फिनले गर्ने गतिविधि, संरक्षणका लागि भइरहेका कामका बारेमा सक्रिय हुने गर्दछन्। कैलालीको टीकापुर बजारको बाटो र भजनीको बाटो हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिन्छ। यी नदीहरुमा झण्डै १ सय ३० सङ्ख्यामा डल्फिन रहेको दाबी स्थानीय संरक्षणकर्मीको छ।

Xtrem
Xtrem

यसैबीच होटल व्यवसायी सङ्घ टीकापुर र डल्फिन संरक्षण केन्द्रको संयुक्त पहलमा सो क्षेत्रमा चौथो चरणको डल्फिन महोत्सव गरिएको छ। महोत्सवको पूर्वतयारीस्वरुप अवलोकनका लागि आउने पर्यटकका लागि सो क्षेत्रमा केही दिनअघिदेखि नै डल्फिन घरवाससमेत सञ्चालन गरिएको छ।

‘घुम्न आउने पाहुनाको स्वागत र बसाइ सहज बनाउनुछ, घरमा घरवास सञ्चालन गरिएको छ,' डल्फिन संरक्षण केन्द्रका उपाध्यक्षसमेत रहेका ढुङ्गानाले भने। महोत्सवका क्रममा नदीमा जलयात्रा (र्‍याफ्टिङ) गरेर डल्फिन अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। शनिबारदेखि सुरु भएको महोत्सवमा देउडा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार र बेतबासका सामग्रीको प्रदर्शनीलगायतका गतिवविधि भइरहेका छन्। (तस्बिर- अन्नपूर्ण पोष्ट)

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्