डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राती भूकम्पको धक्का महसुस गरिएको छ।
राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए।
भूकम्पको धक्का डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा महसुस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।