लहान– सिरहको एक होटलमा सञ्चालित जुवाको खालबाट प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।
सिरहाको सुखीपुर नगरपालिका –८ स्थित विवेक सप्लायर्स कोल्ड रमेर एन्ड होटलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
सुखीपुर–८ का ४० वर्षीय रञ्जित साह, वडा नं २ का ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय राम किशुन महतो र ४० वर्षीय रामविलास मुखियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
होटलमा व्यावसायिक रुपमा जुवा खेलाइने गरेको सूचनाको आधारमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
करिब साढे २ लाख नगदसहित पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।