• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'जलस्रोतको उपयोगले मात्रै पनि प्रदेश ७ देशकै धनी प्रदेश बन्छ'

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  १०:४०
1140x725

राष्ट्रियसभाको निर्वाचन सकिएसँगै प्रदेशका मुख्यमन्त्रीमा सबैको चासो बढेको छ। वाम गठबन्धनको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउनेछ भने प्रदेश ६ र ७ मा माओवादीले प्रादेशिक सरकार बनाउनेछ।

माओवादी केन्द्रले प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरिसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ।  

भट्ट डोटी प्रदेशसभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला अध्यक्षसमेत रहेका भट्टसँग नेपाल लाइभका शेरबहादुर ऐरले गरेको कुराकानी :

तपाईं यस प्रदेशको मुख्यमन्त्री हुनेमा कतिको विश्वस्त हुनुहुन्छ?
पार्टीमा मैले गरेको योगदानका आधारमा प्रदेश कमिटीले केन्द्रमा नाम सिफारिस गरिसकेको छ। मुख्यमन्त्री बनाउने वा नबनाउने पार्टीको निर्णयमा भर पर्छ। म मुख्यमन्त्रीका लागि योग्य छु र बन्नेमा विश्वस्त छु। पार्टीले मुख्यमन्त्रीका लागि सिफारिस गरेकोले थप जिम्मेवारी महसुस गरेको छु। 

लामो संघर्षपछि मुख्यमन्त्री बन्ने सम्भावनासम्म आइपुग्दा कस्तो लागिरहेको छ?
बाध्यताले भारतमा सानै उमेरमा काम गर्न जानुपर्‍यो। हाम्रो देशमा शिक्षा व्यवस्था राम्रो नहुँदा बीचमै पढाइ छोडेर जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता छ। सबैलाई थाहा छ, भारतमा नेपाली जाँदा कस्तो व्यवहार हुन्छ भनेर। हेपाहा प्रवृति, न्यून ज्यालादारीमा काम गर्नुपर्ने लगायत धेरै समस्या झेलेको मसँग अनुभव छ। 

पछि नेपालको शासन व्यवस्था राम्रो नभएकोले परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेँ। आज देशले धेरै परिवर्तन पाएको छ। यो परिवर्तनलाई संस्थागत गर्न राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने अवस्था छ। 

मैले त गाउँपालिकाको अध्यक्ष बन्नका लागि इच्छा जाहेर गरेको थिएँ। पार्टीले प्रदेशको चुनावका लागि टिकट दियो र आज प्रदेशमा विजयी भएपछि मुख्यमन्त्रीको लागि सिफारिस भएको छु। विगत सम्झँदा निरन्तरको संघर्षले नै यहाँसम्म आइपुगेको महसुस भएको छ।

मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। प्रदेशको विकासका लागि कसरी अघि बढ्ने सोच बनाउनुभएको छ?
देश संघीय संरचनामा गइसकेको छ। हामीसँग नयाँ व्यवस्था लागू भएको छ। यो व्यवस्थाले हामीलाई अवसरसँगै चुनौती पनि थपेको छ। विगतमा केन्द्रीकृत राज्य प्रणाली थियो र यो प्रदेश केन्द्रबाट उपेक्षित पर्‍यो भनेर दोषारोपण गरिरहन्थ्यौं। अब सबै अधिकार प्रदेश सरकार र स्थानीय सरकारको मातहत आएको छ। सबै अधिकारको उपयोग गर्दै प्रदेशको हिमालदेखि तराईसम्मको जनताको हित अनुसार योजना, नीति बनाएर अघि बढ्नुपर्छ। 

Ncell 2
Ncell 2

विकास, समृद्धिका लागि विज्ञ, सरोकारवाला, नागरिक समाज सबैको सल्लाह, सुझाव अनुसार योजनाबद्ध ढंगले अघि बढ्ने सोच राखेको छु। प्रदेशको विकासका लागि अघि बढ्दा विभिन्न बाधा अड्चन आउन सक्छन्। त्यो चुनौती पनि छ।

सबैको लक्ष्य भनेकै आफनो क्षेत्रको विकास र जनताको चाहना अनुरुप काम गर्नु नै हो। सबै दलका नेताहरु यस प्रदेशको विकास गर्न चाहन्छन् तर, विकास गर्ने तरिका फरक हुन्छ। ७ नम्बर प्रदेशको विकासका लागि सबै पार्टीका नेता साझा रुपबाट जानुपर्छ। पार्टीको आस्थाभन्दा माथि उठेर काम गर्नुपर्छ। र, सबैलाई सँगसँगै लगेर प्रदेशको विकास, समृद्धितर्फ लाग्नेछु।

यस प्रदेशका समस्याहरुलाई नजिकबाट कसरी हेर्नुभएको छ?
७ नम्बर प्रदेशको समस्या हिमाल, पहाड र तराई सबैमा एकै छ। अशिक्षा, गरिबी, बेरोजगार लगायतका मुख्य समस्या छन्। सबै क्षेत्रमा पूर्वाधारको विकास नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, कृषिलाई आधुनिकीकरण गर्न नसक्नु लगायत यस क्षेत्रमा धेरै कठिनाइ छन्। गरिबीका कारण जीविकोपार्जन गर्न समस्या छ। स्वदेशमा रोजगारी नपाउँदा यहाँका मानिसहरु सानै उमेरमा भारत पलायन हुनुपर्ने बाध्यता छ।

अझै पनि विभिन्न प्रकारका छुवाछुत, कमैया, हलियाका समस्या यथावत् नै छन्। विगतमा केन्द्रीकृत शासन भएकाले ७ नम्बर प्रदेश उपेक्षित भयो। सबै क्षेत्रमा स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा पुग्न सकेको छैन। यस प्रदेशको सुगम वा दुर्गम, समस्या साझा नै रहेका छन्। 

समस्या भईकन पनि प्रदेशमा सम्भावना त धेरै छन् नि। यिनलाई कसरी परिचालन गर्ने योजना होलान् नि?
कृषि, पर्यटन, जल, जडिबुटी, वन लगायतको सम्भावना धेरै छ यहाँ। धेरै पर्यटकीय स्थल रहेका छन्। ती क्षेत्रमा पूर्वाधार पुर्याउन सक्ने हो भने पर्यटक आकर्षण बढाउन सकिन्छ। सँगसँगै धेरै युवाहरु स्वरोजगार बन्न सक्छन्। 

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने हो भने यस क्षेत्रको भोकमरीको अन्त्यसँगै  अन्य क्षेत्रमा पनि अन्नहरु निर्यात गरी प्रदेशको आय वृद्धि गर्न सकिन्छ। 

१० हजार मेगावाटको कर्णाली,  झन्डै ७ हजार क्षमताको पञ्चेश्वर, साढे ७ सय मेगावाट क्षमताको पश्चिम सेती लगायतका जलस्रोतको उपयोग मात्रैले पनि प्रदेश नम्बर ७ लाई मुलुककै सबैभन्दा धनी प्रदेशमा स्थापित गर्न सकिन्छ। हामी प्राकृतिक स्रोत साधनको उपयोग गरेर अघि बढ्छौं। हाम्रै जडीबुटीबाट बनेको औषधि अरूबाट किनेर खाइरहेका छौं, अब आफैले यहीँको जडिबुटी उपयोग गरेर औषधिमा आत्मनिर्भर बन्न सक्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित
सम्बन्धित सामग्री
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिए... शुक्रबार, माघ ९, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? पत्रको मूल सार एउटै छ: समान प्रकृतिका सेवा प्रदायकहरूबीच फरक–फरक व्यवहार, विशेष गरी अनुमतिपत्र नवीकरण, व्याज, शेयर स्वामित्व र नियाम... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कोशीमा ८ जनाले गरेनन् मतदान आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्