• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'जलस्रोतको उपयोगले मात्रै पनि प्रदेश ७ देशकै धनी प्रदेश बन्छ'

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  १०:४०
1140x725

राष्ट्रियसभाको निर्वाचन सकिएसँगै प्रदेशका मुख्यमन्त्रीमा सबैको चासो बढेको छ। वाम गठबन्धनको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउनेछ भने प्रदेश ६ र ७ मा माओवादीले प्रादेशिक सरकार बनाउनेछ।

माओवादी केन्द्रले प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरिसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ।  

भट्ट डोटी प्रदेशसभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला अध्यक्षसमेत रहेका भट्टसँग नेपाल लाइभका शेरबहादुर ऐरले गरेको कुराकानी :

तपाईं यस प्रदेशको मुख्यमन्त्री हुनेमा कतिको विश्वस्त हुनुहुन्छ?
पार्टीमा मैले गरेको योगदानका आधारमा प्रदेश कमिटीले केन्द्रमा नाम सिफारिस गरिसकेको छ। मुख्यमन्त्री बनाउने वा नबनाउने पार्टीको निर्णयमा भर पर्छ। म मुख्यमन्त्रीका लागि योग्य छु र बन्नेमा विश्वस्त छु। पार्टीले मुख्यमन्त्रीका लागि सिफारिस गरेकोले थप जिम्मेवारी महसुस गरेको छु। 

लामो संघर्षपछि मुख्यमन्त्री बन्ने सम्भावनासम्म आइपुग्दा कस्तो लागिरहेको छ?
बाध्यताले भारतमा सानै उमेरमा काम गर्न जानुपर्‍यो। हाम्रो देशमा शिक्षा व्यवस्था राम्रो नहुँदा बीचमै पढाइ छोडेर जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता छ। सबैलाई थाहा छ, भारतमा नेपाली जाँदा कस्तो व्यवहार हुन्छ भनेर। हेपाहा प्रवृति, न्यून ज्यालादारीमा काम गर्नुपर्ने लगायत धेरै समस्या झेलेको मसँग अनुभव छ। 

पछि नेपालको शासन व्यवस्था राम्रो नभएकोले परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेँ। आज देशले धेरै परिवर्तन पाएको छ। यो परिवर्तनलाई संस्थागत गर्न राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने अवस्था छ। 

मैले त गाउँपालिकाको अध्यक्ष बन्नका लागि इच्छा जाहेर गरेको थिएँ। पार्टीले प्रदेशको चुनावका लागि टिकट दियो र आज प्रदेशमा विजयी भएपछि मुख्यमन्त्रीको लागि सिफारिस भएको छु। विगत सम्झँदा निरन्तरको संघर्षले नै यहाँसम्म आइपुगेको महसुस भएको छ।

मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। प्रदेशको विकासका लागि कसरी अघि बढ्ने सोच बनाउनुभएको छ?
देश संघीय संरचनामा गइसकेको छ। हामीसँग नयाँ व्यवस्था लागू भएको छ। यो व्यवस्थाले हामीलाई अवसरसँगै चुनौती पनि थपेको छ। विगतमा केन्द्रीकृत राज्य प्रणाली थियो र यो प्रदेश केन्द्रबाट उपेक्षित पर्‍यो भनेर दोषारोपण गरिरहन्थ्यौं। अब सबै अधिकार प्रदेश सरकार र स्थानीय सरकारको मातहत आएको छ। सबै अधिकारको उपयोग गर्दै प्रदेशको हिमालदेखि तराईसम्मको जनताको हित अनुसार योजना, नीति बनाएर अघि बढ्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विकास, समृद्धिका लागि विज्ञ, सरोकारवाला, नागरिक समाज सबैको सल्लाह, सुझाव अनुसार योजनाबद्ध ढंगले अघि बढ्ने सोच राखेको छु। प्रदेशको विकासका लागि अघि बढ्दा विभिन्न बाधा अड्चन आउन सक्छन्। त्यो चुनौती पनि छ।

सबैको लक्ष्य भनेकै आफनो क्षेत्रको विकास र जनताको चाहना अनुरुप काम गर्नु नै हो। सबै दलका नेताहरु यस प्रदेशको विकास गर्न चाहन्छन् तर, विकास गर्ने तरिका फरक हुन्छ। ७ नम्बर प्रदेशको विकासका लागि सबै पार्टीका नेता साझा रुपबाट जानुपर्छ। पार्टीको आस्थाभन्दा माथि उठेर काम गर्नुपर्छ। र, सबैलाई सँगसँगै लगेर प्रदेशको विकास, समृद्धितर्फ लाग्नेछु।

यस प्रदेशका समस्याहरुलाई नजिकबाट कसरी हेर्नुभएको छ?
७ नम्बर प्रदेशको समस्या हिमाल, पहाड र तराई सबैमा एकै छ। अशिक्षा, गरिबी, बेरोजगार लगायतका मुख्य समस्या छन्। सबै क्षेत्रमा पूर्वाधारको विकास नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, कृषिलाई आधुनिकीकरण गर्न नसक्नु लगायत यस क्षेत्रमा धेरै कठिनाइ छन्। गरिबीका कारण जीविकोपार्जन गर्न समस्या छ। स्वदेशमा रोजगारी नपाउँदा यहाँका मानिसहरु सानै उमेरमा भारत पलायन हुनुपर्ने बाध्यता छ।

अझै पनि विभिन्न प्रकारका छुवाछुत, कमैया, हलियाका समस्या यथावत् नै छन्। विगतमा केन्द्रीकृत शासन भएकाले ७ नम्बर प्रदेश उपेक्षित भयो। सबै क्षेत्रमा स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा पुग्न सकेको छैन। यस प्रदेशको सुगम वा दुर्गम, समस्या साझा नै रहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समस्या भईकन पनि प्रदेशमा सम्भावना त धेरै छन् नि। यिनलाई कसरी परिचालन गर्ने योजना होलान् नि?
कृषि, पर्यटन, जल, जडिबुटी, वन लगायतको सम्भावना धेरै छ यहाँ। धेरै पर्यटकीय स्थल रहेका छन्। ती क्षेत्रमा पूर्वाधार पुर्याउन सक्ने हो भने पर्यटक आकर्षण बढाउन सकिन्छ। सँगसँगै धेरै युवाहरु स्वरोजगार बन्न सक्छन्। 

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने हो भने यस क्षेत्रको भोकमरीको अन्त्यसँगै  अन्य क्षेत्रमा पनि अन्नहरु निर्यात गरी प्रदेशको आय वृद्धि गर्न सकिन्छ। 

१० हजार मेगावाटको कर्णाली,  झन्डै ७ हजार क्षमताको पञ्चेश्वर, साढे ७ सय मेगावाट क्षमताको पश्चिम सेती लगायतका जलस्रोतको उपयोग मात्रैले पनि प्रदेश नम्बर ७ लाई मुलुककै सबैभन्दा धनी प्रदेशमा स्थापित गर्न सकिन्छ। हामी प्राकृतिक स्रोत साधनको उपयोग गरेर अघि बढ्छौं। हाम्रै जडीबुटीबाट बनेको औषधि अरूबाट किनेर खाइरहेका छौं, अब आफैले यहीँको जडिबुटी उपयोग गरेर औषधिमा आत्मनिर्भर बन्न सक्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्