• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वराजा ज्ञानेन्द्रदेखि प्रचण्डपत्नी सीतासम्मलाई सिँगार्ने दिल्लीकी अनुजा

64x64
नेपाल लाइभ शनिबार, भदौ २८, २०७६  ०६:३५
1140x725

नयाँ दिल्ली- भारतको गुड्गाउँ तीव्र रुपमा विकासको फड्को मारिरहेको सहर हो। केही समय अघिसम्म गुड्गाउँ सहरको सबैभन्दा व्यपारिक सेन्टर मानिन्थ्यो, एम्बियन्स मल।

अहिले केही अन्य मलहरु बनेपछि तेस्रो ठूलो मलमा सीमित भए पनि यसको सान कमजोर भएको छैन। मलको पार्किङ मात्र एक किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। 

एम्बियन्स मलको दोस्रो तलामा पुगेपछि देखिन्छ, हेयर एन्ड शान्ति सैलुन। त्यहीँ भेटिन्छिन्, हँसिलो चेहराकी ‍निर्देशक तथा हेयर स्टाइलिस्ट चितवनकी अनुजा श्रेष्ठ।

हेयर एन्ड शान्ति सैलुन त्यही सैलुन हो, जसले पूर्वराजा ज्ञानेन्द्रदेखि प्रचण्डपत्नी सीता दाहालसम्मलाई सिँगारेको छ। नेपाली र भारतीय सेलिब्रिटीहरुको नाम लिएर साध्य छैन। 

१९ वर्षअघि खुलेको, भारतभर १२ ब्राञ्च फैलाइसकेको हेयर एन्ड शान्ति सैलुनले साढे २ सयलाई रोजगारी दिलाएको छ।

नेपालमा दरबारमार्ग, ठमेलस्थित छाया सेन्टर, जावलाखेल, चितवनको नारायणगढमा पनि ब्राञ्च खोलिसकेको छ यो सैलुनले।

नेपालमा सबै शाखा गरेर ६० जनाले रोजगारी पाएका छन्। हेटौंडा, बौद्ध र पोखरामा नयाँ 'ब्राञ्च' सुरु हुँदैछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसै वर्षको तिहारसम्म हेटौंडाको शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। 

आखिर एक सामान्य नेपाली महिला कसरी सफलताको यो बिन्दुमा पुगिन् त?

नेपालमा नारायणघाट, चितवन स्थायी ठेगाना भएकी अनुजाको त्यो कथा थाहा पाउन २५ वर्षअघि फर्किनुपर्ने हुन्छ। 

अनुजा सन् १९९४ मा प्लस टु पूरा गरेर नयाँ दिल्ली घुम्न पुगिन्।

त्यतिबेला उनकी दिदी शान्तिले नयाँ दिल्लीमा ब्युटी पार्लर सञ्चालन गरेकी थिइन्। दिदीकै सैलुनमा अनुजाले काम गरिन्। सैलुनमा सेलिब्रिटीहरुसँग भेटघाट भइरहन्थ्यो। सेवाग्राहीहरुसँग पनि सम्बन्ध बाक्लिँदै जान थाल्यो। दिदीको सैलुनमा काम गर्दागर्दै अनुजाले धेरै कुरा सिकिन्। 

त्यसै क्रममा उनले फेसन डिजाइनिङको कोर्स पनि गरिन्। फेसन डिजाइनिङतिर उनको ध्यान मोडिएन।

सन् १९९७ मा हेयर ड्रेसरको तालिम लिएकी अनुजलाई कताकता दिदीले अँगालेकै व्यवसायमा हात हाल्न मन लाग्यो। 

नयाँ दिल्लीको साउथ एक्सटेन्सन पार्ट २ मा भाडामा १८ वर्षअघि हेयर एन्ड शान्ति सैलुन खोलियो। त्यसबेला जम्मा १५ वटा कुर्सी राखिएका थिए। अनुजाका अगाडि चुनौतीका पहाड त प्रशस्तै थिए। तर उनी डगमगाइनन्। त्यसबेला भारतीय व्यापारीले सञ्चालन गरेका अन्य सैलुन पनि थिए, उनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रै थियो। 

अर्कोतिर सेवाग्राहीले के कस्तो सेवा लिन चाहन्छन्? उनीहरुसँग कसरी संवाद गर्ने? भाषा र अन्य हिसाबले त्यो बुझ्न पनि समस्या हुन्थ्यो। बिस्तारै सहज हुँदै गयो। अहिले त एक पटक उनको सैलुनबाट सेवा लिएर गएका ग्राहकहरु फर्कीफर्की आउन थालेका छन्। 

हेयर एन्ड शान्ति सैलुनमा पूर्वराजा ज्ञानेन्द्र, प्रचण्डकी पत्नी सीता दाहालसमेतले सेवा लिएका छन्। भारतका ठूलाठूला उद्योगपति, सेलिब्रेटीहरु यस सैलुनका नियमित ग्राहक हुन्।

000

अनुजाको हेयर एन्ड शान्ति सैलुनमा नेपाली र भारतीय दुवैले रोजगारी पाएका छन्। नयाँ स्टाफदेखि १९ वर्षसम्म यसै ठाउँमा काम गर्नेहरु पनि भेटिए।

पश्चिम बंगाल, जलपाइगुढी, भारतकी सुनीता राई चार वर्षदेखि यसै सैलुनमा काम गरिरहेकी छिन्। ‘म एकदमै सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘सेलिब्रिटीहरुसँग गफ गर्न पाउँदा खुसी लाग्छ।’ 

१७ वर्ष हेयर एन्ड शान्ति सैलुनमा काम गरेका कर्साङ, दार्जीलिङका भरत थापालाई यति लामो समय बितेको पत्तै भएन।

‘मैले काफी स्ट्रगल गरेँ,’ दार्जिलिङकै लवजमा उनले भने, ‘तर यहाँको प्लेटफर्म एकदमै राम्रो छ। अनि त यहाँ सबै खालको काम गर्न पाइन्छ।’ 

यो सैलुनमा स्टाफहरूलाई एकै प्रकृतिमा काममा लगाइँदैन।

त्यस्तो गर्दा बोर हुन्छ, सिक्ने, अघि बढ्ने अवसर मिल्दैन भनेर फरक फरक काममा लगाइएको बताइन् सञ्चालक अनुजाले। जस्तो कि हाउस किपिङबाट काम सुरु गरेका दार्जिलिङका भरत अहिले सिनियर हेयर ड्रेसर बनेका छन्। स्टाफको मेहनत, चाहनाअनुसारको काम दिन्छिन्, सञ्चालक अनुजा।  

पाँच वर्षअघि पूर्वराजा ज्ञानेन्द्र हेयर एन्ड शान्ति सैलुनमा साधारण व्यक्तिका प्रवेश गरे। सेक्युरिटीलाई मलबाहिर राखेर केही सहयोगीका साथमा यो सैलुनमा छिरेका उनले पेडिक्योर, ओयल मसाज, हेयर कटको सेवा लिए। सैलुनकी निर्देशक अनुजाले सुरुमा त चिनिनन्। जाने बेलामा जब एकछिन कुराकानी भयो, त्यो बोलीले मात्र चिनिन्। ज्ञानेन्द्र गइसकेपछि भने अनुजालाई बोल्न पाएँ भन्ने मनमा लाग्यो। 

बाहिर बसेका उनका सहयोगीहरुलाई सैलुनमा काम गर्ने स्टाफहरूले अगाडि नै सोधेका थिए, उहाँ को हुनुहुन्छ?

‘उहाँ उद्योगपति हुनुहुन्छ,’ पूर्व राजा ज्ञानेन्द्रका सहयोगीहरुले जवाफ फर्काएका थिए। 

‘सबै जना नेपाली भाइबहिनीहरु हुनुहुँदो रहेछ। राम्रो सर्भिस दिनुभयो,’ सैलुनबाट निस्किने बेला टिप्स दिँदै ज्ञानेन्द्रले भनेका थिए, ‘सबैले बाँडेर लिनुहोला।’ 

त्यस्तै प्रचण्डकी पत्नी सीता दाहाल पनि पुगेकी छिन् यो सैलुनमा। ‘नेपाल आएर तपाईंले राम्रो गर्नुभएको छ’ भनेर तारिफ गरेको भुल्दिनन् अनुजा। ‘उहाँ निकै खुसी हुनु भएको थियो,’ अनुजाले त्यो पल सम्झिइन्। 

अनुजा यस क्षेत्रमा थप ज्ञान र सिप बटुल्नका लागि सिंगापुर, ग्रिस, अमेरिका, दक्षिण कोरिया, श्रीलंका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स लगायतका मुलुक पुगिसकेकी छन्। अलगअलग देश पुग्दा उनले हेयर स्टाइल, हेयर कट, कलरिङ, म्यानेजमेन्ट, क्लाइन्ट कन्सल्ट र सैलुनबारे नयाँनयाँ कुराको जानकारी हासिल गरेकी छन्।

स्कुल, कलेज पढ्दा यही बन्छु भन्ने अनुजाको मनमा केही थिएन। जुन लाइन समातिन्, त्यसैमा सन्तुष्ट छिन्।

‘म जहाँ छु, जे छु मेरा पति राजकुमार श्रेष्ठ र दिदी–भिनाजुलाई यसको श्रेय जान्छ,' उज्यालो मुहार बनाउँदै उनी बोलिन्, ‘उहाँहरुकै कारण म सफल छु।’

‘अब थप योजना के छ?’ हेयर एन्ड शान्ति सैलुनकी अनुजालाई सोधियो।

‘नेपालबाट धेरैजसो युवा पुस्ता रोजगारीका लागि बाहिरिने क्रम बढ्दो छ,’ उनले भनिन्, ‘थप सैलुनहरु खोलेर रोजगारी दिलाउने इच्छा छ।’

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्