सिन्धुपाल्चोक- सडक तथा बजारमा भुस्याहा कुकुरको आतंक बढ्दै गएपछि हेलम्बु गाउँपालिकाले त्यस्ता कुकुरहरुको स्थायी बन्ध्याकरण गरेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा गरी ७४ वटा कुकुरको बन्ध्याकरण गरिएको हो।
त्यस्ता कुकुरको संख्या बढ्न नदिन गाउँपालिका र नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर (नार्क) को आर्थिक सहयोगमा पशुसेवा कार्यालय हेलम्बुले ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गरिएको हो।
‘बजार क्षेत्रमा दिन प्रतिदिन सामुदायिक (छाडा) कुकुरको संख्या बढ्दै जाँन थालेपछि उनीहरुको स्थायी बन्ध्याकरण गराएका हौं,’ गाउँपालिकाकाका पशुसेवा कार्यालयका प्रमुख टोपबहादुर बरुवालले भने, 'छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले बन्ध्याकरणको साथै रेबिज विरुद्धको सुई लगाइएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।