काठमाडौं– प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनाल सम्मानित भएका छन्।
आफ्नो २३औं वर्षगाँठको अवसरमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आइजी खनाललाई सम्मान गरेको हो।
आइजी खनाल प्रहरी सेवामा रहेर काममार्फत उत्कृष्ट छाप छाड्न सफल भएकाले सम्मान गरिएको इक्यानले जनाएको छ। मुलुकमा शान्ति सु–व्यवस्था कायम गर्न र इक्यान व्यवस्थित गर्नका लागि आइजी खनालले समय–समयमा निर्वाह गरेको भूमिका सकारात्मक र सुधारात्मक रहेको इक्यानको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।