काठमाडौं– प्रहरीले झन्डै साढे ३६ लाख रुपैयाँ बराबरको औषधि र अन्य सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी पथलैया, बाराले ३६ लाख ४४ हजार २ सय २९ रुपैयाँ बराबरको औषधि सहितको सामान बोकेको ना३ख ६५९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
वीरगञ्जबाट चितवनतर्फ लैजान लागिएको औषधि, जिरा, कपडा र इलोक्ट्रोनिक्स सामान बोकेको उक्त ट्रकले राजश्व छलेर सामान ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त ट्रकमा पशुपति ट्रान्सपोर्टको सामान बोकिएको थियो।
प्रहरीले सामान सहितको ट्रकलाई कारबाहीका लागि मध्य क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।
त्यसैगरी पर्सा प्रहरीले ठूलो मात्रामा अवैध पटाका बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक अपूर्व ढुंगानाको कमाण्डमा खटिएको टोलीले सिमौनगढ नगरपालिका–९ बसवरियाबाट पटाका बरामद गरेको हो।
भारतबाट अवैध रुपमा भित्र्याइएको ८० हजार मूल्य बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।