सुर्खेत- रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ।
जिल्लाको मुसीकोट नगरपालिका-१० चुनका दुई बालिकाको विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर विककी १० वर्षीया छोरी सावित्री विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुका करिब ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीको बताएको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ।
उनीहरु मालिका माध्यमिक विद्यालय चुनमा कक्षा ४ मा अध्यनरत थिए ।
योसहित रुकुम पश्चिममा पहिरोले पुरिएर यस वर्ष पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये तीनजना स्कुले बालिका रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।