काठमाडौं- सिराहा जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशका सवारी चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ।
अख्तियारको टोलीले जिल्ला अदालत सिराहामा कार्यरत न्यायाधीश नरनारायण पौडेलका सवारी चालकलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको हो।
बिहीबार दिउँसो सवारी चालक वृजमोहन यादवलाई एक लाख १० हजार घुससहित आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।
घुससहित रंगेहात पक्राउ परेका यादव इजलास नम्बर ३ का न्यायाधीश पौडेलका सवारी चालक हुन्।
आयोगको कार्यालय बर्दिबासको टोलीले यादवलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका यादवलाई अख्तियारको बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान गरिने अख्तियारले जनाएको छ।
उनलाई काठमाडौ पठाएर थप अध्ययन गरिने अख्तियारले जनाएको छ।
एक मुद्दा मिलाई दिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।