काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले वीरगन्जबाट एकजना प्रहरी जवानलाई घुसको रकमसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको सहायता कक्षमा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीले सेवाग्राहीसँग घुसवापत ५ हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
वीरगन्जको माइस्थान मन्दिरअगाडि रहेको भरत दही एन्ड स्विट्स पसलमा सेवाग्राहीसँग जबरजस्ती घुसको रकम असुल गरिरहेको भनि आएको विशेष सूचनाको आधारमा प्रहरी जवान तेलीलाई अख्तियारको टोलीले रगेंहात पक्राउ गरेको हो।
पक्राउ परेका प्रज साहलाई वडाध्यक्ष ध्रुवप्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।