• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुक्त हलिया सीताको चाहना– मर्नुअघि नचुहिने घरमा सुत्न मन छ

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  १३:०५
1140x725

डडेल्धुरा- बाउबाजेको सम्पत्ति, आफूले जोडेको घर वा जग्गाजमिन; अधिकांशसँग हुन सक्छ। कहिले सोच्नुभएको छ, जीवनमा अत्यावश्यक गाँस, बास, कपास नहुनेहरुको पीडा कस्तो होला?

डडेल्धुरा १२ जनाको एक परिवार यही अभावमा गुज्रिरहेको छ।

न जग्गा, न घर। न त पुग्दो ओढ्ने-ओछ्याउने। बालुवा बोकेरै जीवन चलाइरहेको दलित तथा मुक्त हलिया परिवारको अवस्था देख्दा धेरैको मन कुँडिन्छ। त्यो परिवार हो, डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको गन्यापधुरा गाउँपालिका–१ भाँत्कडाँस्थित सीता नेपाली र जगदीश नेपाली दम्पतीको।

०३५ सालमा बैतडीबाट बसाइँ सरी आएका उनीहरुले मालिकको हलो जोतेर नै अरुकै जमिनमा अर्थात् त्यो सयमको एक नांगो डाँडामा पक्की घर बनाएका थिए। स्थानीय नागरिकले ०४६ सालमा घर जमिन आफ्नो भएको भन्दै त्यहाँबाट सामुदायिक वन क्षेत्र पर्ने भीमदत्त राजमार्ग (स्याउले–अत्तरिया) को सडक किनारामा पठाइदिए।

त्यहाँ बसेको ३० वर्ष भइसक्यो। त्यसयता सामुदायिक वनका उपभोक्ताले घडेरी खार्न ठूलाठूला रुख काट्ने गरेको जगदीश नेपाली बताउँछन्। ‘वनका उपभोक्तहरुले संयुक्त घडेरीका लागि भन्दै  हामी निदाएपछि कि त जिल्ला वनका कर्मचारी बिदामा भएको मौका छोपी वन फडानी गरिरहेका छन्,' उनले भने।

सडक किनारामा जसोतसो बनाएको झुपडीबाट पनि हटाउँछन् भनेर आफूलाई पीर लगेको जगदीशकी पत्नी सीताले दुखेसो पोखिन्। ‘पहिले नांगो डाँडामा पक्कीघर थियो, त्यहाँबाट हटायो भत्काँडी (गाउँको नाम) ले। मेरो विवाह त यही घरमा भएको हो। मलाई धेरै थाहा छैन,’ उनी भन्छिन्। 

माइती गरिब भएकाले आफूले पढ्न नपाएको गुनासो त उनीसँग छँदै छ। हलिया परिचयपत्र पनि कसरी बनाउने, पत्तो पाएकी छैनन्। 

छोराछोरीसहित सीता नेपाली

हलिया परिचयपत्र भए उनीहरुको परिवारलाई जग्गा खरिददेखि घर निर्माणसम्मको रकम सरकारको मुक्त हलिया पुनःस्थापना कार्यक्रममार्फत पाउने हक हुन्थ्यो। तर, परिचयपत्र नै नभएपछि उनीहरुको दु:खमा अरु दु:ख थपिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्की ०६६ सालमा संकलन भएको तथ्यांक मन्त्रालयमा पठाएको बताउँछन्। 'तर, त्यो बेला नेपाली परिवारको मात्र नभएर साबिक असिग्रामका १ सय २२ घरपरिवारको तथ्यांक नै मन्त्रालयमा हरायो,' उनले भने। 

संकलन गरेको तथ्यांक र मन्त्रालयमा पठाएको लिस्टमा नेपाली परिवारको नाम भए पनि मन्त्रालयबाट जिल्ला मालपोतमा आएको परिचयपत्रमा छुटाइएको उनी बताउँछन्। 

'मन्त्रालयले उनीहरुसहित गन्यापधुरा-१ का १ सय २२ जनाको नाम गायब गरेको छ,’ अध्यक्ष सार्कीले भने, ‘यसमा हाम्रो कुनै कमजोरी छैन। उनीहरु मुक्त हलिया नै हुन्।'

सुकुमबासी जस्तै नेपाली परिवार अहिले एक जनाको भरमा गुजारा गरिरहेको छ। जगदीश बिहान-बेलुका हातमुख जोड्नका लागि बालुवा, सिमेन्ट, काठको काम र सडक मजदुरी गर्छन्। 

Xtrem

Xtrem

दुई छोरा, दुई छोरीकी आमा सीता सासूसँग कलह भएपछि त्यो सानो झुपडीमा छुटिएर अर्को कोठामा छन्। ‘सासूआमाको रातदिनको कचकच सहन सकिएन। ससुरा बा त लामो समयदेखि बिरामी भई भित्र नै सुतेका छन्,’ सीता भन्छिन्।

झुपडीमा सीता-जगदीश र छोराछोरीसहित ६ जना, सासूससुरा, सीताका देवर-देवरानी ४ जना बस्दै आएका छन्।

वर्षौंदेखि आफू बसेको जग्गा आफ्नो नाममा बनाई मुक्त हलिया परिचयपत्र दिन उनले सरकारसँग माग गरिन्। ‘सडक किनारको वनमा कति बस्नु, अब त सरकारले परिचयपत्र हामीलाई पनि दिनपर्‍यो,' उनी भन्छिन्, 'सबैले घर बनाउन जग्गा किन्ने बजेट पाएको सुन्छु। हामी कहिले पाउने? मर्नुभन्दा पहिले पत्थर लगाएको नचुहिने घरमा सुत्न मन छ।’ 

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्