काठमाडौँ – काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि डुबान भएको स्थानमा सडक भासिएको छ।
बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा बबरमहल वरपरको विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको थियो।
सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ।
मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको बताए।
प्रमुख चौधरीले भने, 'प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो। हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ।'
उनले भने, 'प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो। अब प्राधिकरणले त्यो बनाउँछ। जसले बिगारेको हो त्यसैले बनाउने हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।