बर्दिया– प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु थारु भन्ने राम नारायण महतोलाई पक्राउ गरेको हो।
२०६० जेठ १५ मा साबिक मानपुर टपरा गाविस–७ सडवा गाउँ हाल राजापुर नगरपालिका–८ का बाँधुराम थारु भन्ने बन्धु थारुको घाँटी रेटी हत्या भएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी ऋषिराम घर्तीमगरले बन्धु-हत्याको अभियोगमा दुई जनालाई नवलपरासीबाट पक्राउ गरिएको बताए। पक्राउ परेका दुवै जनामाथि प्रहरीले बर्दिया अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।