काठमाडौं- निजामति सेवा दिवस २०७६ को अवसरमा सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ।
निजामति सेवा दिवसको अवसर पारेर सर्वोच्च अदालतले आइतबार बिहानै कार्यालय परिसरको सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाको नेतृत्वमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
निजामति सेवा दिवसको कार्यक्रम सम्पन्न भएपछि भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य रजिष्ट्रार निरौलाले निजामति दिवसबाट जनताको काम अझै प्रभावकारी बनाउने, जनताले सेवा सुविधा समयमै प्राप्त गर्ने बिषयमा सबै प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सर्वोच्च अदालत र मातहतका अदालतमा रहेर उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुने कर्मचारीहरू सहरजिष्ट्रार हरिराज कार्की, इजलास अधिकृतहरू भगवति शर्मा ढुङ्गाना, महेन्द्रबहादुर कार्की, ठाकुरप्रसाद पौडेल लगायत रहेका छन्।
यस्तै सर्वोच्च अदालतले निजामति सेवा दिवसलाई रचनात्मक बनाउने उद्देश्यका साथ कर्मचारीहरुबीच विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो।
निजामति सेवाको २०१३ साल भदौ २२ गते पहिलोपटक निजामति सेवा ऐन लागु भएको सम्झनामा भदौ २२ गतेलाई निजामति सेवा दिवसको रुपमा मनाउदै आएको छ। यसै दिनलाई योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने परम्पराको रुपमा लिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।