जनकपुर- प्रदेश २ लोकसेवा आयोग अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
जनकपुरस्थित मधेश भवनमा आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन्।
नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का स्थायी बासिन्दा हुन्।
उनले सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको रुपमा काम गरेका छन्।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मंत्री, प्रदेश सांसद, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।