जनकपुर- नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए।
सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा आइतबार तीन गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो।
तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।